३० साउन/अर्थ र व्यापार– मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालिबीच किस्तामा गाडी कर्जा उपलब्ध गराउन सम्झौता भएको छ ।
सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।
नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने छ । ग्राहकहरुले साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् ।
सम्झौता अनुसार, नारायणी अटोबाट अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ ।
प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया