logo

चोभार–सतुंगल खण्डका १४ हजार ७ सय कित्ता जग्गा रोक्का हुँदै

    2642   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार-बाहिरी चक्रपथ निर्माण क्षेत्रमा पर्ने जग्गाप्राप्तिको प्रक्रिया बाहिरी चक्रपथ विकास आयोजनाले सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत चोभार–सतुंगल खण्डको ६ दशमलव ६ सय १८ किलोमिटर लम्बाइ क्षेत्रमा जेठ महिनाभित्रै अधिग्रहणमार्फत जग्गाप्राप्ति प्रक्रिया सुरु गर्न लागिएको आयोजना छ । त्यसका लागि सार्वजनिक सूचनामार्फत जग्गा रोक्का गर्ने काम केही दिनभित्रै हुँदै छ ।

 आयोजनाले सार्वजनिक गर्ने सूचनापछि उक्त क्षेत्रको ७ हजार ८ सय रोपनी जग्गा खरिद–बिक्री र पूर्वाधार निर्माणमा रोक लाग्नेछ । जग्गाको कित्ताकाट गर्न पाइने छैन । आयोजना कार्यालयले संकलन गरेको तथ्यांकअनुसार उक्त क्षेत्रमा अहिले कुल १४ हजार ७ सय कित्ता जग्गा रहेको छ ।

यसअघि १५ जेठमा आयोजनाको चोभार सतुंगल खण्डको निर्माण कार्य जग्गा एकीकरणको माध्यमबाट गर्ने गरी भौतिक विकास योजना स्वीकृत गरिएको सूचना प्रकाशित भइसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ५ बमोजिम राजपत्रमार्फत नै चार किल्ला तोकिसकिएको छ । जग्गा अधिग्रहणपूर्वका प्रक्रिया करिब सम्पन्न भइसकेको छ । त्यस्तै, सहरी विकास मन्त्रालयले १३ वैशाखमा बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको विस्तृत आयोजना प्रतिवेदन गरेको थियो ।

जग्गाप्राप्तिका लागि अधिग्रहण प्रक्रियालाई सहज बनाउन आयोजना व्यवस्थापन पक्षले चोभारदेखि सतुंगलसम्मको बाहिर चक्रपट खण्डलाई ६ वटा ब्लकमा विभाजन गरिएको छ । तिनीहरूमा चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गर्जुधारा, धवलागिरि आवास रहेका छन् । प्रत्येक ब्लकलाई १ किलोमिटरको औसतमा विभाजन गरिएको छ । नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको यस खण्ड निर्माण गर्नका लागि ६ अर्ब ३० करोड रुपैयाँ अनुमानित लागत अनुमान गरिएको छ । ०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपैंयाँ अनुमान गरिएको थियो ।

अधिग्रहणपछि जग्गा एकीकरण प्रक्रिया माध्यमद्वारा बाहिरी चक्रपथको अधिकार क्षेत्रका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिनेछ । चक्रपथको दुवैतर्फको करिब २ सय ५० मिटर क्षेत्रमा योजनाबद्ध तथा व्यवस्थित सहरी विकास गरिने आयोजनाको विस्तृत आयोजना प्रतिवेदनमा पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।