१८ माघ /अर्थ र व्यापार - रेष्टुरेण्ड एण्ड वार एशोसिएसनको १० प्रतिशत सेवाशुल्क खारेज निर्णय विरुद्धमा तीनवटा मजदुर संघको संयोजकत्वमा देशभरका सबै रेष्टुरेण्ट र बार बन्द गरिने भएको छ । नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघले संयुक्त छलफलपछि शुक्रबार यस्तो निर्णय गरेका हुन् ।
श्रम नियमावली २०७५ को नियम ८२ अनुसार कानुनी रुपमा वैधानिकता प्रदान गरिएको कारण १० प्रतिशत सेवा शूल्क खारेज गर्नु अन्याय रहेको मजदुरले बताएका छन् ।
रेवानले गरेको निर्णय विरुद्ध तीन वटा संघ कानुनी उपचार खोज्ने क्रममा रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए । संघको योजना अनुसार आगामी आइतबार दिउँसो चार बजे मुलुकभर देशव्यापी कोणसभा गरिनेछ भने प्रतिष्ठान स्तरमा रेवानलाई नै सार्वजनिक रुपमा बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
सोमबार रेवानका उच्चपदाधिकारी र व्यवसायी बसेको छलफलबाट रेष्टुरेण्टमा लागू गर्दै आएको १० प्रतिशत सेवाशूल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुरहरुले बुधबार रेवानको विज्ञप्ती जलाएका थिए ।
तपाईको प्रतिक्रिया