logo

माम्खा मावि लाई ६ लाख बराबरको पुस्तकालय

    2169   पटक पढिएको

१५ पुस  अर्थ र व्यापार - चिशंखुगढी गाउपालिका ८ माम्खा स्थित श्री माम्खा माविमा पुस्तकालय स्थापना गरिएको छ । ओखलढुंगा पर्यटनका अध्यक्ष समाजसेवी तथा नेपाली कांग्रेसका नेता लिला बल्लदभ दाहाल (काका) को सहयोगमा विकल्पका लागि आवाज नेपालले पुस्तकालय स्थापना गरेको हो । 

दुर्गमका नागरिकको शैक्षिक स्तर बृद्धि गर्दै उच्च तहको सरकारी सेवामा प्रवेश गराउने उद्देश्यका साथ लोकसेवा आयोग, इतिहास, भूगोल, राजनीति, साहित्यीक, विद्यालयको पाठ्याक्रम अनुसारका र नेपाली, अंग्रेजी शब्दकोष गरी ७ सय थान भन्दा बढी  पुस्तक उपलब्ध गराएको समाजसेवी लिलाबल्दभ दाहालले बताए । 

विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी ६ लाख बराबरको पुस्तकहरु विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलालाई हस्तान्तरण गरिएको दाहालले जानकारी दिए । दुर्गमका नागरिकको शैक्षिक उन्नयन र ओखलढुंगेलीहरुको लोकसेवामा पहुँच बृद्धिका लागि सामुदायिक विद्यालयमा पुस्तकालय अभियान अन्र्तगत माम्खा माविमा पुस्ताकालय स्थापना गरिएको र यो अभियानलाई निरन्तरता दिइरहने दाहालले प्रतिवद्धता समेत व्यक्त गरे ।  

२०१८ सालमा स्थापना भए पनि पुस्तकालयको अभाव झेलीरहेको माम्खा माविमा पुस्तकालय स्थापना भएसंगै स्थानीय बुद्धिजिवी तथा शिक्षासेवीहरुले खुसी व्यक्त गरेका छन् । उक्त विद्यालयमा अध्यान गरेका धेरै व्यक्तिहरु माथिल्लो निकायमा पुगेका स्मरण गराउदै माम्खा माविका पूर्व प्रधानाध्यापक शिक्षासेवी उत्तर कुमार कट्वालले माम्खाको शैक्षिक अवस्था सुधारका पुस्तकालयले निकै सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार संगै दुर्गमका नागरिकको शैक्षिक उन्नयनका लागि पुस्तकालय स्थापना गरेर माम्खावासीलाई सहयोग पुर्याएको भन्दै सहयोगि दाताहरु प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । 

पुस्तकालय स्थापनाका लागि आवश्यक फर्निचरको व्यवस्था विद्यालयले मिलाएको विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलाले जानकारी दिए । प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका सांसद नरोत्तम बैध्यको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय हस्तान्तरण तथा उद्घाटन समारोहमा प्रदेश सांसदहरु दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, नेपाली कांग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल, कुमार लुइटेल नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई लगायत नेता तथा शैक्षिक सरोकारवालाहरुको उपििस्थति रहेको थियो । विकल्पका लागि आवाज नेपालले गत बर्ष सिद्धिचरण नगरपालिका वडा नम्रब ३ नारायणस्थान माविमा पनि पुस्तकालय स्थापना गरेको थियो । 
     
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।