२७ साउन / अर्थ र व्यापार – डेढ करोड खर्चिएर काठमाडौं महानगरपालिका स्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ । यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो तर, बिहीबार भाँचिएको छ । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् ।
हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण आज शुक्रबार सम्पन्न हुँदैथियो । २३ वटा स्ल्याब राखिसकिएको थियो । अन्तिम स्ल्याब हाल्ने क्रममा पुल भाँचिएको हो । पुल निर्माणका लागि त्यसको डिजाइन सडक विभागबाटै पास गरिएको निर्माण कम्पनीको दाबी छ ।
लोड थेग्न नसकेर पुल भाँचिएको निर्माण कम्पनीको दाबी छ । तर, यो निर्माणको अन्तिम चरणमा रहेको पुलमा अतिरिक्त लोड केही पनि थिएन । कमजोर सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको हो । करीब डेढ वर्षअघि ठेक्का सम्झौता भएर एक वर्ष अघिदेखि पुल निर्माणको काम अघि बढाइएको थियो । डेढ करोड रुपैयाँ लागत पुल निर्माणको सम्झौता भएको थियो।
तपाईको प्रतिक्रिया