logo

डा. खतिवडाको कार्यकाल सकिँदै, फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने

    1576   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार - आगामी फागुनपछि देशले नयाँ अर्थमन्त्री पाउने भएको छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा हुने भएकोले नयाँ अर्थमन्त्री हुने करिब पक्का छ ।

राष्ट्रियसभामा ५९ जना सदस्य हुन्छन् । यीमध्ये प्रत्येक प्रदेशबाट ८ जनाका दरले ७ प्रदेशबाट ५६ जना सदस्य निर्वा्चित हुन्छन् । यस्तै, ३ जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक व्यवस्था छ । यी ५९ जना सदस्यमध्ये एक तिहाई अर्थात १९ जना सदस्यको कार्यकाल २ वर्षमा सकिन्छ । सदस्यको कार्यकाल गोलाप्रथाबाट गरिन्छ । यसरी गोला तान्दा अर्थमन्त्री डा. खतिवडाले २ वर्षे कार्यकालको गोला तानेका थिए ।

डा. खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी थिइन् । उनको कार्यकालयआगामी फागुन पहिलो साता सकिदैछ । राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल सकिनु एक महिना अगाडि नै निर्वा्चिन गर्नुपर्ने भएकोले आगामी ९ माघमा राष्ट्रियसभा सदस्य निर्वाचन हुदैछ । यो निर्वाचनको लागि डा. खतिवडालाई उम्मेदवार बनाइएको छैन ।

९ माघमा राष्ट्रियसभाका १८ जना सदस्यको मात्रै निर्वाचन हुनेछ । १ जना सदस्य फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् । तर, यस्तो नियुक्तिका लागि पनि डा. खतिवडा पर्ने सम्भावना छैन । राष्ट्रपतिले नियुक्त गरेको व्यक्ति लगत्तै अर्काे कार्यकालको लागि फेरि नियुक्त गर्न कानुनी अवरोध सिर्जना हुन्छ ।

तर, सांसद नभएपनि डा. खतिवडाले अरु ६ महिना मन्त्री बन्न कानुनी रुपमा भने पाउने छन् । यसका लागि सत्तारुढ नेकपा गैरसांसदलाई मन्त्री बनाउन तयार हुनुपर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।