logo

पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व गभर्नर रावलसहित ३ जना विरुद्ध मुद्दा दर्ता

    1903   पटक पढिएको

६ पुस/ अर्थ र व्यापार  - पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित तीन जना विरुद्ध मुद्दा दर्ता गरेको छ । बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावी गरिएको छ । त्यसैगरी नेपाल राष्ट्र बैँकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका तर्फबाट लोकल एजेन्ट हिमालयबहादुर पाँडेविरुद्ध पनि उति नै रुपैयाँ बिगो दावी गरिएको छ । 

यो विषयमा अस्ट्रेलिया सरकारको करप्सन एन्ड क्राइम कमिसनले पनि अस्ट्रेलियाको संघीय प्रहरीलाई छानबिन गर्न लगाएको थियो । सिडनी मर्निङ हेराल्डले हिमालय पाँडेले नेता र राष्ट्र बैँकका अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेको खबर प्रकाशित गरेपछि त्यहाँ छानबिन सुरु भएको थियो ।  अस्ट्रेलिया सरकारले आग्रह गरेपछि नेपाल सरकारले हिमालयबहादुर पाँडे, रामराज्यलक्ष्मी पाँडे, पृथ्वीबहादुर पाँडे, उपेन्द्रकेशरी पौडेल, केशव खत्री र तिलक रावलबारे जानकारी पठाएको थियो । पोलिमर नोट छाप्न नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०५८र५९ मा अनुमति दिएको थियो । 

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो पाइएको अभियोगपत्रमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो, नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधि बीचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाइल्यान्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको आयोगले जानकारी दिएको छ । 
बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अस्ट्रेलियन डलर ६८ बाट अस्ट्रेलियन ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याुई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको अभियोग पत्रमा उल्लेख छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।