logo

टानको गरिमालाई उच्च बनाउन अध्यक्षमा उम्मेदवारी दिनेछु

खुमबहादुर सुवेदी, बरिष्ठ उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    3279   पटक पढिएको

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी साधारणसभा नजिकिँदै जाँदा टानको आगामी नेतृत्वका लागी बहस सुरु भएको छ । टान वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी आँफु टानको आगामी कार्यकालको नेतृत्वका लागी तयार रहेको वताउँदै आएका छन । यसै सन्दर्भमा अर्थ र व्यापारले सुवेदीसंग टानको आगामी नेतृत्वमा जान चाहनुको कारण तथा समसामयिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ–विगत २५ वर्षदेखि नेपालको पदयात्रा पर्यटन व्यवसायमा सक्रिय युनिक एड्भेञ्चर ईन्टरनेशनल प्रा.लि.का निर्देशक सुवेदीसंगको कुराकानीको सम्पादीत अंश  :

० ट्रेकिङ एजेन्सिज एशोशियन अफ नेपाल (टान) मा वर्तमान कार्यसमितिको कार्यकाल लगभग पुरा भएको छ । टानको बरिष्ठ उपाध्यक्षको हैसियतले भन्नुपर्दा दुई वर्षमा के–कस्ता कामहरु गर्न सकियो र के–के गर्न सकिएन ?

विगत दुई वर्षको कार्यकालमा टानका आम सदस्यहरुको जे–जस्तो अपेक्षा थियो, त्यहि अनुसार काम गर्न नसकिएकै हो । टानले सरकार,नेपाल पर्यटन वोर्ड लगायत अन्य सम्बन्धित निकायहरुसंग छलफल र सहकार्य गरेर काम गर्न तत्तपरता देखाउँदा पनि सदस्य व्यवसायिहरुले चाहेअनुसारको काम गर्न सकिएन । वरिष्ठ उपाध्यक्षको रुपमा यसमा मैले जे जति जिम्मेवारी लिनुपर्छ,त्यसको लागी म तयार छु । तर समग्र टानलाई दिशानिर्देश गर्नको लागी टानको अध्यक्ष नै हुनुपर्दो रहेछ । बरिष्ठ उपाध्यक्षको पद विधि विधानलाई हेर्दा अध्यक्षलाई सहयोग गर्ने भन्ने मात्र देखियो । बरिष्ठ उपाध्यक्षले चाहेर पनि अध्यक्षलाई सहयोग गर्ने भन्दा थप भिजन लागु गर्न सक्ने अवस्था नरहँदो रहेछ । त्यसैले नै टानलाई व्यवसायीहरुको चाहनाअनुसार अगाडी बढाउँदै,नेपालको पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्याको अन्त्य, टानको खस्किएको गरिमालाई उच्च बनाउन आगामी कार्यकालका लागी अध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको छु ।

० टानको आगामी साधारणसभामा अध्यक्षको उम्मेदवारी दिने विषयमा आम व्यवसायीहरुवाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? अहिलेको कार्यकालमा गर्न नसकेको काम आगामी कार्यकालमा गर्न सकिन्छ भन्ने आधार के छ त ?

टानको नेतृत्वको विषयमा मैले अग्रज व्यवसायिहरु,पूर्वअध्यक्षहरु,समकालिन व्यवसायिहरु र नयाँ पुस्ताका साथीहरुसंग प्रारम्भिक छलफल गरें । अधिंकाश अग्रज,समकालिन र नयाँ पुस्ताका साथीहरुले मलाई नेतृत्वका लागी अगाडी बढ्न नै सुझाव दिनुभएको छ । उहाँहरुको सुझाव, टानले अहिले गर्न खोजेको र चाहेका र अपूर्ण रहेका कामहरुलाई सम्पन्न गर्न नै मैले टानको आगामी नेतृत्वमा जाने योजना बनाएको हुँ । वास्तवमा अहिले पनि धेरै कुराहरु गर्न सकिने अवस्था छ । टिम्सको अहिलेको गतिरोधको अवस्थालाई पनि कुनै न कुनै निष्कर्षमा पु¥याउन आवश्यक छ । त्यसको लागी नेपाल पर्यटन वोर्डसंग गम्भिर ढंगले एस अर नो मा कुराकानी गर्नेछु । मेरो नेतृत्वमा टानमा जाने अवसर आयो भने अग्रज, समकालिन र भर्खरै मात्र व्यवसायमा प्रवेश गरेका युवा पर्यटन व्यवसायीहरु संग सल्लाह र सुझाव लिएर छ महिनामा टानको कार्यशैली र गरिमामा स्पष्ट देखिने गरि काम गर्नेछु र परिवर्तन ल्याउनेछु ।

नेपाल सरकार र पर्यटन वोर्डलाई पनि नेपालको पर्यटन व्यवसाय र त्यसमा पनि पदयात्रा पर्यटनको विकासका लागी सकारात्मक आँखाले हेर्ने वातावरण निर्माण गर्न पहल गर्नेछु ।

० टानको आगामी नेतृत्वको दावी गरिरहँदा नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी के गर्ने योजना छ ?

सर्वप्रथम त व्यवसायको विकासका लागी आवश्यक भनेको नयाँ–नयाँ गन्तव्य र पदमार्गहरुको निर्माण र विकास नै हो । त्यसका लागी विशेष कार्ययोजना वनाएर काम गरिनेछ । अर्कोतिर पछिल्लो समय नेपालको पदयात्रा व्यवसायमा ट्याक्स र भ्याटको समस्या टड्कारो विषय बनेको छ । ट्याक्स, भ्याटको विषय कुनै एक जना व्यक्तिले मात्र समाधान गर्न सक्दैनन । त्यसका लागी वर्तमान कार्यसमितिमा रहँदा पनि मैले पहल गरिराखेको नै छु । ठूला देखि साना सवै व्यवसायीहरुको सहमतिमा ट्याक्स,भ्याटको विषयलाई सम्बन्धित निकायमा लगेर समाधानका लागी पहल गर्नेछु ।

त्यसवाहेक नेपालको पर्यटन क्षेत्रसंग सम्बन्धित विभिन्न संघ–संस्थासंग सहकार्य गर्दै  नेपालको पर्वतिय पर्यटनका साथै समग्र पर्यटनको विकासमा आन्तरिक रुपमा गर्नुपर्ने कामहरु र नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष जोड दिने योजना छ । अर्कोतिर नेपालको पदयात्रा व्यवसाय भित्र रहेको अस्वस्थ प्रतिस्पर्धालाई रोकेर व्यवसायमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न उचित व्यवस्था गर्न पहल गर्नेछु । 

० पछिल्ला वर्षहरुमा टानको गरिमा खस्कँदै गएको भन्ने आम सदस्यहरुवाट आवाज निस्कने गरेको छ । टान पछिल्लो समय राजनीति गर्ने थलोमा परिणत भएको छ भन्ने पनि सुनिन्छ । टानको व्यवसायिक छवि कायम गर्न अव टानमा कस्तो नेतृत्व आउनुपर्छ ? 

हो, टानको गरिमा पछिल्लो समय खस्कँदै गएको हो । त्यसैले टानको व्यवसायिक छवि जोगाउन पनि अवको नेतृत्व राजनीति भन्दा माथि रहेर काम गर्न सक्ने हुनुपर्छ । पार्टीकै कार्यकर्ता प्रधान भएर टानमा जानु भएन । गुम्न लागेको टानको शाखलाई उँचो वनाउन सक्ने नेतृत्व आवश्यक छ, त्यसका लागी व्यवसायिक छविका टिम स्पिरिट मिल्ने व्यक्तिहरुको नेतृत्व आवश्यक छ । टान मेरो स्वार्थ पुरा गर्ने थलो भन्दा पनि मैले टानमा गएर के दिन सक्छु भन्ने व्यक्तिहरु टानमा जानु आवश्यक छ ।

० सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ ।  नेपाल भ्रमण वर्षको तयारीले कस्तो संकेत गर्दछ ?

नेपाल भ्रमण वर्षमा धेरै व्यवसायिहरुलाई नसमेटिएको अवस्था छ । कतिपय अवस्थामा सरकारका आफ्ना कार्यकर्ताहरुलाई भर्ति गर्ने स्थान जस्तो मात्र बनाएको पनि देखियो । पर्यटन क्षेत्रका सम्पूर्ण संघ–संस्था र व्यवसायिहरुलाई अपनत्व हुने गरि भ्रमण वर्ष अगाडी बढाउन जरुरी छ । त्यसका लागी टान लगायतका निजी क्षेत्र सकारात्मक सहयोग गर्न सदैव तयार छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।