logo

आगामी चार वर्षमा टप टेन कम्पनीमा पर्ने लक्ष्य लिएका छौं

कुमार बहादुर खत्री,प्रमुख कार्यकारी अधिकृत, अजोड इन्सुरेन्स लिमिटेड

    4131   पटक पढिएको

नेपालको बीमा वजार अपेक्षाकृत ढंगले वृद्धि हुन नसकेको बहस वारम्वार हुने गरेको छ । नेपालको बीमा बजारको वृद्धिका लागी नेपाल सरकार र बीमा समितिले पनि विभिन्न पहलहरु गर्दै आएका छन । पछिल्लो समय करिव एक दर्जन बीमा कम्पनीहरु बजारमा थपिएका छन । गत असार २१ गतेवाट अजोड ईन्सुरेन्स लिमिटेड सञ्चालनमा आएको छ । यसै सन्दर्भमा अर्थ र व्यापारले अजोड ईन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीसंग अजोड ईन्सुरेन्स, नेपालको बीमा वजार, बीमा क्षेत्रको वजार वृद्धिका लागी भईरहेका पहलहरु विषयमा कुराकानी गरेको छ । नेपाल इन्स्योरेन्स लिमिटेडको विकास अधिकृतबाट बिमा क्षेत्रमा प्रवेश गरेका खत्रीसंग बीमा क्षेत्रमा काम गरेको करिब २५ वर्षको अनुभव छ । प्रस्तुत छ– यसअघि तत्कालिन एनबी इन्सुरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्समा समेत जिम्मेवार तहमा रहेर काम गरिसकेका खत्रीसंग अर्थ र व्यापारले गरेको कुराकानीको सम्पादीत अंश :

० गत असार देखि सञ्चालनमा आएको अजोड ईन्सुरेन्सको यो आठ महिनाको सञ्चालन अवधि कस्तो रह्यो ?

अजोड ईन्सुरेन्स गत असार २१ गतेवाट सञ्चालनमा आएको थियो । यो वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा नयाँ थपिएका बीमा कम्पनीहरुमध्ये हामी एक नम्बरमा आएका छौं । हामी सत्रौं नम्बरमा आएका छौं, रिजर्भको ईन्डिकेटरमा त हामी सोह्रौंमा पनि छौं । हामीले यो वर्षलाई शाखा विस्तार वर्षको रुपमा लिएका थियौं । हालसम्म अजोडका २९ वटा शाखा सञ्चालनमा आईसकेका छन । त्यसबाहेक ११ वटा बीमा काउण्टरहरुवाट पनि सेवा प्रदान गरिरहेका छौं ।  

हामीले प्रविधिमा आधारित भएर काम गरिरहेका छौं । हाम्रो प्रणाली वेव वेस हो । हामीले इन्टरनेट चल्ने ठाउँमा पोलिसी जारी गर्न सक्छौं । भोलीका दिनमा हामीले अनलाइन पोलिसी सेलिङका लागि काम गरिरहेका छौं । त्यसका साथै मार्केटिङ पनि अनलाइनमार्फत नै जाने तयारी गरेका छौं । अहिले हामीले परम्परागत शैलीमा काम गरेर प्रतिस्पर्धा गर्न सकिँदैन । प्रविधिमैत्री भएकाले सेवा पनि छिटो र छरितो दिन सक्छौं ।

० सञ्चालनमा रहिरहेका पुराना बीमा कम्पनीहरुसंग कसरी प्रतिस्पर्धा गरिरहनुभएको छ ? अजोडले के–कस्ता प्रडक्टहरु वजारमा ल्याईरहेको छ ?

सबै बीमा कम्पनीका प्रडक्टहरु उस्तै हुन तर हामीले प्रविधिमा जोड दिएका छौं । डिजिटल मार्केटिङमा केन्द्रित भएका छौं । ई पेमन्टमा जाँदै छौं । प्रविधिलाई भरपुर रुपमा उपयोग गरेर जाने हाम्रो योजना छ । हो, पुराना र नयाँ कम्पनीहरु विच एक किसिमको प्रतिस्पर्धा त होला तर हाम्रा प्रवद्र्धकहरु नेपालमा चिरपरिचित व्यक्तिहरु हुनुहन्छ । कम्पनीका १०४ जना प्रवद्र्धकहरु रहनुभएको छ । त्यसले पनि मार्केटिङ गर्न सहज भएको छ ।  अजोडमा युवा तथा अनुभवी व्यवस्थापन समूह छ ।  
अर्कोतिर हामीले छिटो–छरितो सेवा दिएर ग्राहकलाई आकर्षित गरेका छौं । हामी वजारमा जाँदा ग्राहकहरुले राम्रो रेस्पोन्स दिनुभएको छ । यो आठ महिनामा हामी उत्साहित छौंं । आगामी चार वर्षमा टप टेन कम्पनीमा पर्ने लक्ष्य लिएका छौं । अजोडमा आउने सर्वसाधारणले छिटो–छरितोरूपमा प्रभावकारी सेवा लिन नै आउने हो । त्यसका साथै समयमा दाबी भुक्तानी पाउनका लागि पनि अजोड नै रोज्नुपर्ने देखिन्छ । यसमा कम्पनी प्रतिबद्ध छ । हामी दाबी भुक्तानीको समयावधी छोट्याउने तथा ग्राहकलाई सहज हुने तवरबाट बीमा सेवा प्रदान गर्ने योजनामा छौं ।

० सञ्चालनमा आएका नयाँ बीमा कम्पनीहरुमा जनशक्ति अभाव कस्तो छ ? पुराना कम्पनीहरुवाट कर्मचारीहरु तानातान गरेको आरोप छ नी ?

जनशक्तिको वारेमा जति बजारमा चर्चा छ, त्यस्तो पनि होईन । केहि हदमा अनुभवि व्यक्तिहरु पनि चाहिन्छ । नयाँ मान्छेले पनि रोजगारी पाउनुपर्छ भन्ने हाम्रो सोच छ । अजोडको सन्दर्भमा कुरा गर्दा १५० जना कर्मचारीहरुमा १२–१५ जना व्यक्तिहरु अन्य कम्पनीवाट आउनुभएको होला तर अरु सवै नयाँ नै हुनुहुन्छ । अव त बीमा समिति र सवै बीमा कम्पनीहरुको साथमा ईन्सुरेन्स ट्रेनिङ ईन्स्टच्युट खुलिसकेको छ । भोलीका दिनमा त्यसले पनि जनशक्ति विकास गर्छ ,त्यसकारण जनशक्ति अभाव हुने अवस्था रहँदैन ।

० नेपालका निर्जीवन बीमा कम्पनीहरु एउटै किसिमका प्रडक्टहरु,विशेषगरी मोटर बीमामा मात्र केन्द्रित भएजस्तो देखिन्छ । बजार वृद्धि हुन नसक्नुको मुख्य कारण यहि हो ?

बीमा बजार वृद्धि नभएको त भन्न मिल्दैन । बजार क्रमशः वृद्धि भईरहको छ । बीमा वजार वढाउन धेरै काम गर्न जरुरी छ । यसका लागी नेपाल सरकार,बीमा समिति र बीमा कम्पनीहरुको पनि भुमिका छ । पुरा मार्केटको ४६ प्रतिशत मोटर बीमाले ओगटेको देखिन्छ । मोटर बीमाको आकार ठूलो भएकाले पनि यस्तो देखिएको हो । मोटर बीमामा जोखिम पनि उच्च छ । त्यसैले पनि मानिसले जोखिम न्यूनीकरण गर्न खोज्छ । मोटर बीमामा चाहेर कुनै पनि व्यक्तिले जोखिम बहन गर्दैन । तर, मोटर बीमाको साथै अन्य क्षेत्रको बीमा गर्ने क्रम पनि बढ्दै गएको छ । पछिल्लो समयमा स्वास्थ्य बीमाको आकार पनि निकै ठूलो भएको छ । नयाँ ऐन पास भएपछि थर्ड पार्टी एडमिनिस्ट्रेटर व्यवस्था हुँदैछ । यसले आगामी दिनमा स्वास्थ्यको सन्दर्भमा कसरी भुक्तानी गर्ने भन्ने सन्दर्भमा छुट्टै कम्पनी आउँछ । त्यो कम्पनीले दाबी भुक्तानी दिने सन्दर्भमा सबै पक्षलाइ हेर्ने भएकाले पनि झनै सहज हुने देखिन्छ । दाबी भुक्तानी दिन योग्य हो, होइन, कति भुक्तानी दिनुपर्ने हो भन्ने सन्दर्भमा यसले काम गर्छ । अहिले हामी क्यास लेस सिस्टममा जाँदै छौं । हामीले सञ्चालनमा ल्याएको प्रडक्टले कभर गर्ने पैसा कम्पनी आफैंले बिमितले उपचार गरेको हस्पिटललाई नै भुक्तानी दिन्छ । यसका लागि छिट्टै एउटा सफ्टवेयर पनि विकास हुँदै छ । यसले बिमा गरेको व्यक्तिको नाम इन्ट्रि गर्ने बित्तिकै कुनै पनि हस्पिटल, व्यक्ति तथा बीमा कम्पनीले हेर्न सक्ने प्रणालीको विकास हुन्छ । आगामी दिनमा मोटर बीमावाहेक अन्य बीमा योजना पनि बढ्दै जानेछन् ।

० कृषि बीमाको अवस्था कस्तो छ ?

कृषि बीमामा पनि राम्रै वृद्धि भईराखेको छ । यसमा कृषि प्राविधिकमा भर पर्नुपर्ने अवस्था छ । कर्मचारीहरु सवै ठाउँमा पुग्न सक्दैन । कृषि बीमामा सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको छ । सरकारी अनुदान आउन लामो समय लाग्ने देखिएको छ । नेपाल सरकारले दिने अनुदान समयमै दिनुप¥यो । त्यसो भयो भने सवैलाई सहज हुन्छ । ग्राहकवाट आउने त २५ प्रतिशत मात्र हो । अझै पनि कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरुलाई दक्ष वनाउन जरुरी छ । यसका लागी हाम्रो नयाँ संरचना अनुसार स्थानीय सरकारहरुलाई यसमा केन्द्रित गराउन आवश्यक छ ।

० विं.सं.२०७२ सालमा गएको महाभुकम्पपश्चात नेपालको बीमा वजार जति बढ्छ भन्ने अपेक्षा गरिएको थियो, त्यस अनुसार बढ्न सकेन नी ?

भुकम्पपश्चात बीमा वजार अलिकति बढेको त छ, तर जति हाम्रो सोच थियो, त्यो हिसावले बढे्न । २०७२ सालको शक्तिशाली भूकम्पमा नसोचेको धेरै क्षति भयो । तर, त्यो भूकम्पका कारण भएको कुल नोक्सानीमा करिब १० प्रतिशतभन्दा धेरै सम्पत्तिको बीमा भएको देखिएन । नेपाल सरकारको कुनै पनि सम्पत्तिको बीमा भएको थिएन । बीमा गर्नुपर्छ भन्ने सर्वसाधारणलाई थाहा छ तर अभ्यस्त नभएकाले समस्या देखिएको हो । बीमा गर्ने बानी छैन । सर्वसाधरणलाई बीमा गर्ने बानीको विकास गर्न नेपाल सरकारले गर्नुपर्ने केही काम छन् । बीमा कम्पनीले बजारमा मार्केटिङ गर्ने जनचेतना फैलाउने काम गर्छौं । तर, सरकारले मोटर बीमा जस्तै अन्य बीमा पनि अनिवार्य गरेर अघि बढ्न सक्छ । त्यस्तो गरेको खण्डमा सर्वसाधारणमा बीमा गर्ने बानीको विकास हुन्छ । पछिल्लो समयमा नेपाल सरकारले नै स्वास्थ्य बीमा सुरु गरेको छ । यसले पनि बीमा बजार विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

नेपाल सरकारले आफ्नो सम्पत्ति पनि अनिवार्य बीमा गर्ने र सर्वसाधारणले मालपोत तिर्दा, नक्सापास गर्दा, सम्पत्ति कर तिर्दा बीमा अनिवार्य गरेको खण्डमा विपत्ति आएको खण्डमा समग्र देशको नोक्सानी कम गर्न सकिन्छ र व्यक्तिको सामाजिक सुरक्षामा पनि यसले भुमिका खेल्नेछ । यसो गरेको खण्डमा बीमा बजार ठूलो हुने तथा नेपाल सरकारलाई पनि यो क्षेत्रबाट आउने राजस्व वढ्छ । हाम्रो जस्तो मुलुकमा केहि समय सम्म बीमा अनिवार्य नगरेसम्म सोचे अनुसार बीमा बजार बढ्दैन । नेपाल सरकारले पनि आफ्नो सम्पत्तिको बीमा गर्नुप¥यो । अर्कोतिर स्थानिय निकायहरु मार्फत आफ्ना सम्पत्तिहरुको बीमा गर्नुपर्ने निति नै ल्याउनु आवश्यक छ ।

० नेपालमा बीमा वजार वढाउन र जनचेतना वृद्धिका लागी क–कसले कस्तो भुमिका खेल्नु आवश्यक छ ?

नेपाल सरकारले घर बीमाका लागी अनिवार्य गर्ने व्यवस्था ल्याउनु आवश्यक छ । जनचेतनाका लागी अन्तरक्रिया कार्यक्रम तथा एउटा क्यालेन्डर नै बनाएर जानु उपयुक्त हुन्छ । यसमा नेपाल सरकार,नियामक निकाय र बीमा कम्पनीहरुको सामुहिक प्रयास आवश्यक हुन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।