logo

टिम्स आवश्यक छ राखौं, आवश्यक छैन भने नराखौं

खुम बहादुर सुवेदी, बरिष्ठ उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    2193   पटक पढिएको

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को वर्तमान कार्यसमिति निर्वाचित भएर आएको एक वर्ष पुरा भईसकेको छ । तर टानले नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकास र यो क्षेत्रमा रहेका समस्याहरु समाधानमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको गुनासो पदयात्रा व्यवसायिहरु वाट आईरहेको छ ।  यसै सन्दर्भमा अर्थ व्यापारले ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी संग नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्था,टानको एकवर्षको गतिविधि,नेपाल भ्रमण वर्ष २०२० तथा समग्र पर्यटन क्षेत्रको वारेमा केन्द्रित रहेर कुराकानी गरेको छ । युनिक एड्भेञ्चर ईन्टरनेशल प्रा.लि.का प्रबन्ध निर्देशक सुवेदी विगत २५ वर्ष देखि पर्यटन व्यवसायमा सक्रिय छन । प्रस्तुत छ–सुवेदीसंगको कुराकानीको सम्पादीत अंश :

० ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) मा वर्तमान नेतृत्व आएको एक वर्ष पुरा भईसकेको छ । यो एक वर्षमा टानले नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र नयाँ गन्तव्यहरुको विकासमा के–कस्ता काम ग¥यो ?

टानमा हामी निर्वाचित भएर आईसकेपछि हामीले मुख्यतः पदयात्रा व्यवसाय र टान संग सम्बन्धित मन्त्रालयहरु र मन्त्रीज्युहरुलाई भेटेरै यो क्षेत्रका समस्या र समाधानका उपायहरु वारे वतायौं । पदयात्रा पर्यटन क्षेत्रसंग सम्बन्धित मन्त्रालयहरु पर्यटन, गृह, अर्थ र सञ्चार मन्त्रीज्युहरुलाई यो क्षेत्रको समस्याहरु राख्यौं । तर भएका निति नियमम तथा सरकारी निकायहरुले सहयोग नगरेका कारण सोचेअनुरुप काम गर्न सकिएन ।

त्यसवाहेक नेपालको पर्वतिय पर्यटनमा देशको नयाँ संरचना अनुसार स्थानिय निकायहरुसंग समन्वय गरेर जे–जे काम गर्नुप¥थ्यो,त्यस अनुरुप काम गर्न सकिएन । यसका पछाडी टानभित्रकै आन्तरिक र अन्य वाह्य कारणहरु पनि रहे । तर पनि वर्तमान टान कार्यसमितले धेरै राम्रा काममहरु गर्न नसकेपनि विगार्न चाँहि केहि पनि विगारेको छैन । हामी आएको केहि महिनामा केहि न केहि रिजल्ट नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दिनुपर्छ भनेर लागेका थियौं, तर त्यहि हिसावले रिजल्ट दिलाउन भने सम्भव भएन ।

० टानले अपेक्षा अनुसार काम गर्न नसक्नुमा टानभित्रको आन्तरिक समस्या तथा सरकारी निकायहरुसंगको समन्वय कत्तिको जिम्मेवार छ ?

यसमा दुवै कारण उत्तिकै जिम्मेवार छन । टानमा चुनावपछि नयाँ कार्यसमितिको मनोनयान देखि नै समस्या देखाप¥यो । सवै साथिहरुको सहकार्यमा सवै व्यवसायिहरुलाई समेटेर जानुपर्नेमा एउटा पक्षले पेलेरै जाने अवस्था आयो । त्यसकारण पनि टान कार्यसमितिमा जुन किसिमको टिम स्पिरिट हुनुपर्ने हो,त्यो हुन सकेन । नेपालको पर्वतिय पर्यटनको विकास, प्रवद्र्धन तथा नयाँ–नयाँ गन्तव्य र ट्रेकिङ रुटहरुको विकासका लागी टानको वर्तमान कार्यसमितिमा रहेका साथीहरुको क्षमता र योग्यतालाई वर्तमान कार्यसमिति र नेतृत्वले सहि ढंगलेले प्रयोग गर्न सकेन र त्यसअनुरुपको जिम्मेवारी पनि दिईएन । टान कार्यसमितिमा रहेका साथिहरुको क्षमता र दक्षतालाई नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकास,अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रवद्र्धनमा लगाउन सकिएन ।

अर्कोतिर हामी धेरै सरकारी निकायहरुमा यो क्षेत्रका समस्याहरु लिएर पुग्यौं । नेताहरु,कर्मचारीहरु पनि सवैले पर्यटनको विकास गर्नुपर्छ त भन्छन तर कार्यान्वयनको तहमा केही हुन सकेको छैन । पर्यटन मन्त्रालय तथा सरकारी निकायहरुले पनि टानको एजेण्डाहरुलाई प्राथमिकता दिएको देखिएन ।

टानको नेतृत्वमा प्रत्यक्ष रुपमा राजनीतिक दलनिकट व्यवसायिहरुलाई आउने गरेको त प्रष्टै छ । यसपटक टानको नेतृत्वमा पनि कम्युनिस्ट निकट व्यवसायिहरु नेतृत्वमा आउनुभयो,हामी केहि जना बाहेक । तर पनि आफ्नै दलनिकट सरकार हुँदा पनि साथिहरुले त्यसलाई नेपालको पर्वतिय पर्यटनको विकासमा र निति नियमहरुलाई समयानुकुल बनाउन उपयोग गर्न सक्नुभएन ।

 ० टान पछिल्लो समय पदयात्रा व्यवसायीहरुको समस्या समाधानमा भन्दा पनि राजनीति गर्ने संस्थामा रुपान्तरण हुँदै गएको हो ?

दुुखका साथ भन्नुपर्छ ,टान राजनीतिक अखडामा परिवर्तन हुँदै गएको छ । जसका कारण सरकारी निकायहरुसंग सहि ढंगले लविङ गर्नमा पनि समस्या हुने गरेको देखिएको छ । यसलाइ नयाँ हिसावले ब्रान्डिङ गर्न जरुरी छ । टानलाई वास्तवमै नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकासमा केन्द्रित गर्न जरुरी छ । 

यहि कारण पनि नेपाल पर्यटन वोर्ड लगायतका संस्थाहरु संग समस्या देखिने गरेको छ । टानमा कार्यसमितले नै टानको कोषलाई ध्वस्त वनाएको देखियो । सन २००९ मा म टानको कोषाध्यक्ष पद हस्तान्तरण गर्दै गर्दा २ करोड रुपैयाँ फिक्स्ड डिपोजिट र ८५ लाख रुपैयाँ टानसंग थियो,आज त्यो ध्वस्त भएको छ । अर्कोतिर टिम्सको रकम सहि ढंगले सदुपयोग गर्न नसक्नु पनि अर्को दुर्भाग्य भयो । टान यहि ढंगले ऋण बोकेर अगाडी बढ्न सक्दैन । यसवारेमा सम्पूर्ण व्यवसायिहरुले गम्भिर ढंगले सोच्नुपर्छ ।

० ट्रेकर्स ईन्फर्मेसन म्यानेजमेण्ट सिस्टम (टिम्स) का सम्बन्धमा देखिएको विवादले टिम्स आवश्यक नै छैन भन्ने बहस समेत उठ्न थालेको छ । टिम्सको सन्दर्भमा तपाईंको धारणा के छ ?

टिम्स अहिलेकै जस्तो लंगडो अवस्थामा रहनुको कुनै अर्थ छैन । टिम्सको सहि प्रयोग हुनुप¥यो । पर्यटन मन्त्रालयले यस विषयमा अध्ययन गर्नुप¥यो,आवश्यक हो भने यसलाई सहि ढंगले प्रयोजनमा ल्याउनुप¥यो, होईन भने हटाउनुप¥यो । मेरो विचारमा टिम्स आवश्यक छ । पर्यटकहरु ट्रेकिङ कम्पनीवाट पदयात्रा जाने वातावरण यसले निर्माण गर्नुका साथै पदयात्रामा गएका पर्यटकहरुको रेकर्ड लगायत मजदुरहरुको हितका लागी पनि यो आवश्यक छ । तर टिम्सकै कारण टानको वद्नाम भएको छ,त्यसो हुनु भएन । टिम्सको सम्बन्धमा विस्तृतमा अध्ययन गर्नु आवश्यक छ । यदि टिम्स आवश्यक छ र त्यसलाई सहि ढंगले व्यवस्थापन र प्रयोग गर्ने हो भने राखौं, आवश्यक छैन भने नराखौं । टिम्सको कारण टान समस्यामा पर्नु हुँदैन भन्ने मेरो धारणा छ ।

० सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । सन २०१९ को सुरुवतामा रहँदा सन् २०१९ मा आएको पर्यटकहरुको बुकिङलाई हेर्दा सन् २०२० मा २० लाख पर्यटक नेपाल आउने अपेक्ष गर्न सकिन्छ ?

सपना देख्नु राम्रो कुरा हो तर सपनालाई साकार पार्न सहि योजना चाहिन्छ । त्यसका लागी सवैभन्दा पहिले त पूर्वाधार नै निर्माण हुनुप¥यो । पर्यटक आँउदा बस्ने होटल बढ्नुप¥यो, होटलहरुको विकास सन्तोषजनक नै छ । तर जहाजमा सिट नपाउने समस्या छ,गाडीको सुविधा छैन, पर्यटक आयो भने दक्ष गाईडको अभाव छ । देशभित्र हामीले पहिले आवश्यक पूर्वाधारहरुको निर्माण गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनमा जानैपर्छ । २० लाख वा ५० लाख पर्यटक भित्र्याउने विषयमा बहसहरु मात्र भईरहेको छ तर त्यो लक्ष्य साकार पार्न आवश्यक तयारीहरु भएको देखिँदैन ।

पर्यटक आएर मात्र भएन,पूर्वाधारको विकास पनि हुनुप¥यो । २० लाख पर्यटक कसर भत्र्याउने भन्ने कुरामा तयारी सुरु गर्नुप¥यो । अर्कोतिर २० लाख पर्यटक नेपाल भित्रिएमा उनीहरुलाई कसरी सेवा सुविधा दिने भन्नेमा पनि आजैवाट तयारी र सुधारका कामहरु गर्नु आवश्यक छ ।

० टानमा वरिष्ठ उपाध्यक्षको भुमिका कस्तो हुन्छ ? नेपालको पर्वतिय पर्यटन क्षेत्रको विकासका लागी तपाईंको आगामी योजनाहरु के छन ?

बाहिरवाट हेर्दा बरिष्ठ उपाध्यक्ष पद् अध्यक्ष पछिको पद हो । तर वरिष्ठ उपाध्यक्ष भएर यो क्षेत्रमा परिर्वन ल्याउन सम्भव भएन । बरिष्ठ उपाध्यक्षले अध्यक्षलाई सघाउने भन्ने हुन्छ तर त्यसमा पनि अध्यक्ष सुझावहरु मागेमा मात्र सुझाव दिने हो । म पनि पर्यटन क्षेत्रमा लागेको २५ वर्ष भयो । विभिन्न समयमा टानमा रहेर काम गरें,तर नेतृत्व नै नगरिकन आँफुले चाहेका कामहरु गर्न सकिँदो रहेनछ भन्ने देखियो ।

हिजोका दिनमा पर्यटन व्यवसाय बेग्लै ढंगले चलेको थियो,प्रविधिमा आएको विकासका कारण अहिले पर्यटन व्यवसाय बेग्लै ढंगले चल्न थालेको छ । एकातिर देशभित्र नयाँ नयाँ पदमार्गहरुको विस्तार र प्रवद्र्धन गर्नु जरुरी छ भने अर्कोतिर अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्न जरुरी छ । त्यसैले सवै साथीहरुले मलाई सर्वसम्मत रुपमा टानको नेतृत्व गर्ने अवसर दिनुभयो भने आगामी साधारणसभामा अध्यक्षको रुपमा आएर नेपालको पर्वतिय पर्यटनमा योगदान गर्ने सोच छ । विशेषगरि टानको नेतृत्वमा नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको एड्भेञ्चर ट्राभल शो गर्नुपर्छ भन्ने मेरो सोच छ । त्यसवाहेक विशेषगरि नेपाल सरकारले नियुक्त गरेको राजदुत र कन्सुलरहरुलाई नेपालको पर्यटन प्रवद्र्धनमा लगाउनुपर्छ । आजसम्म विभिन्न देशमा रहेका राजदुत र कन्सुलरहरुले पर्यटन प्रवद्र्धनका लागी केहि गरेको पाईएन । यस विषयमा मैले केहि राजदुतहरु संग कुरा गर्दा उहाँहरुले आँफुहरु संग पर्यटन प्रवद्र्धनका लागी काम गर्ने बजेट नरहेको वताउनुभएको छ । राज्यले उहाँहरुवाट पर्यटन प्रवद्र्धन गर्ने सहि योजना वनाउन आवश्यक छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।