० यो वर्षको मार्चसम्म आईपुग्दा सन् २०१९ मा नेपालको पर्यटन क्षेत्र कस्तो हुने देखिन्छ ? पर्यटकहरुको बुकिङको अवस्था कस्तो छ ?
यो वर्षको मार्चसम्म आईपुग्दा पनि सन् २०१९ को लक्षण राम्रो देखिँदैन । मार्चमा त होटलहरु भरिभराउ हुनुपर्नेमा होटलहरु खाली–खाली छन, धमाधम ट्रेकिङ जानुपर्नेमा ट्रेकिङ जाने ग्रुपहरु छैनन । मार्च मात्र होईन, अप्रिल, मे मा पनि खाली नै छ । यसका पछाडी धेरै बुकिङहरुमा क्यान्सिलेसन आउनु प्रमुख कारण हो । यो वर्ष धेरै क्यान्सिलेसन आउनुमा न्युयोर्क टाईम्स, सिएनन लगायत अन्य साना–ठूला अन्तर्राष्ट्रिय मिडियाहरुमा दिनहुँजसो नेपालको फेक रेस्क्युको समाचारहरु आउनु नै हो । नेपालमा ट्रेकिङ जाँदा पर्यटकलाई विरामी बनाएर हेलिकोप्टरवाट रेस्क्यु गरिन्छ र वीमा रकम दाबी गरिन्छ भन्ने हल्ला विश्वभर चलेको छ । त्यो कारणले पनि पर्यटकहरु नेपाल आउन डराए । नेपालमा ट्रेकिङ जाँदा विरामी पो पार्ने हो कि भन्ने डर पनि पर्यटकहरुमा परेको देखिन्छ ।
अर्कोतिर हालै फेक रेस्क्युको कारण युकेमा मात्र ईन्सुरेन्स कम्पनीले नेपालमा पदयात्रामा आउने पर्यटकको ईन्सुरेन्स ७५ पाउण्डमा हुनेमा त्यसलाई वढाएर ४०० पाउण्ड बनाएको छ । ४०० पाउण्डले त पर्यटकहरुलाई थाईल्याण्डमा हप्ता दिन घुम्न पुग्छ भने ४०० पाउण्ड ईन्सुरेन्स मात्र तिरेर पर्यटक नेपाल किन आउने ? युके बाहेक प्रायः सवै देशमा नेपाल आउने पर्यटकको ईन्सुरेन्स शुल्क बढेको छ । यसले गर्दा क्यान्सिलेसन बढेको देखिन्छ । नेपालका केहि कम्पनीहरुको गलत क्रियाकलापको असर सिंगो पर्यटन क्षेत्रलाई परेको छ । त्यस्तै लुक्लाको फ्लाईटको अनिश्चितताले पनि पर्यटकहरुलाई नेपाल आउन वाधा पु¥याएको छ । काठमाडौं वाट उड्न नपाएर चार–पाच घण्टा ड्राइभ गरेर रामेछाप जानुपर्ने भएका कारण पनि नेपाल आउने पर्यटकहरुलाई असर परेजस्तो देखिन्छ ।
० सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । सन् २०१९ को लक्षण हेर्दा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रने देखिन्छ त ? विश्वभर फैलिएको गलत सन्देशलाई चिर्नका लागी के गर्नु आवश्यक छ ?
सन् २०१९ को लक्षण हेर्दा त सन् २०२० मा टाउकै गन्ने हो भने पनि १५ लाख पर्यटक पनि पुग्ने देखिँदैन । तर पनि सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजना ल्याउनु सकारात्मक विषय हो । संख्या नपुग्ला नपुला तर यसले नेपालको प्रचार–प्रसार र प्रवद्र्धन त गर्छ नै । राज्यले नेपाल भ्रमण वर्ष सफल पार्ने हो भने सवैभन्दा पहिले फेक रेस्क्युजस्ता गलत गतिविधि रोक्नुप¥यो । अव नेपालमा यस्तो हुँदैन भनेर विश्वभर सन्देश फैलाउन प¥यो । बरु राज्यले नेपाल आउने पर्यटकको ईन्सुरेन्स ग्यारेन्टि हामी आँफै ग¥छौं भन्ने सम्मका योजना र सन्देश विश्वभर लैजान आवश्यक छ । त्यसका लागी देशभित्रै पर्यटकको बीमा गर्ने योजना पनि सरकारले ल्याउन सक्छ ।
त्यसैगरि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउनमा पहल गर्नुप¥यो । खाली सस्तोमा पर्यटक नेपाल ल्याएर मात्र राज्यलाई केहि फाईदा पुग्दैन । जति पर्यटक आएपनि राज्यले पर्यटन वाट केहि पनि लाभ नपाउने अवस्था हुन्छ । कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान वढाउने ढंगले पनि सोच्नुपर्छ । राज्यले पनि केहि पाउने वातावरण बनाउनुप¥यो । अर्कोतिर नेपाल अझै चिनिएको छैन । त्यसैले सवैभन्दा महत्वपूर्ण कुरा प्रचार–प्रसारको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा वर्षैभरी नेपालको वारेमा प्रचार सामाग्रीहरु प्रसारण गर्नुपर्छ । अझैपनि ट्राभल फेयरमा जाँदा नेपाल चिनाउनु परिरहेको छ । विविसि र सिएनएन मार्फत नेपालको प्रचार गर्नैपर्छ । हामी प्रचार–प्रसारमा कमै छौं । हरेक दिन नेपालको प्रचार सामाग्रीहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बजाउनु आवश्यक छ । गत वर्ष नेपाल आउने पर्यटकको संख्या वढ्नुमा विगतमा छोटो समय भए पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा नेपालको विज्ञापन वजाउनु नै हो ।
० गुणस्तरीय पर्यटकको विषयमा कुरा गर्दा पहिले–पहिले नेपाल आउने पर्यटकहरुको तुलनामा आजकल नेपाल आउने पर्यटकहरुको स्तर घट्दै गएको हो ?
मलाई राम्रो संग याद छ, सन् १९९८ तिर प्रतिदिन प्रतिपर्यटक १५० डलर सजिलै लिईने गर्दथ्यो । हाल प्रतिदिन प्रतिपर्यटक ६० डलर चार्ज गर्न पनि गाह्रो छ । जव कि त्यतिवेला गाईड लगायत अन्य सवै सेवा सस्तो थियो, आज सवैको मुल्य वृद्धि भईरहको छ । यो परिस्थिति आउनुका पछाडी नेपालको पर्यटन क्षेत्रमा व्याप्त छाडातन्त्र हो । ट्रेकिङ कम्पनीहरुको संख्या वृद्धि संगै बढको अस्वस्थ प्रतिस्पर्धा यसको प्रमुख कारण हो । राम्रो सर्भिस दिएर पर्यटक भित्र्याउनु भन्दा पनि एउटाले भन्दा अर्कोले सस्तो मुल्य दिएर सस्तोमा पर्यटक तान्ने प्रवृत्ति वढेर गएको छ । त्यसैले अव क्वालिटि टुरिजममा जानुपर्छ । यस सम्बन्धमा राज्यले कुनै न कुनै कानुनी प्रबन्ध गर्नुपर्छ ।
० नेपालमा पछिल्लो समय ट्रेकिङ जाने पर्यटकको संख्या कस्तो छ ? पछिल्लो समय नेपलको पदयात्रा पर्यटनको क्षेत्रमा के–कस्ता समस्याहरु देखा परेका छन ?
ट्रेकिङ जाने पर्यटकको संख्या केहि मात्रामा वढेको छ । तर ट्रेकिङ कम्पनीवाट नजाने,आँफै झोला बोकर जाने ट्रेकर्सहरुको संख्या वढेको छ । यसवाट कसैलाई पनि फाईदा हुँदैन । राज्यले पाउने कर,भ्याट केहि पनि नपाउने अवस्था छ । ट्रेकिङ कम्पनीवाट गए न राज्यले केहि लाभ पाउने हो, ईन्डिभिजुयल ट्रेकसका कारण राज्यलाई केहि लाभ हुँदैन ।
पछिल्लो समय प्रत्येक गाउँपालकापिच्छे २००० को दरमा शुल्क उठाउन सुरु भएको छ । हालै खुम्बु गाउँपालिका जाँदा अर्को छुट्टै लाईसेन्स चाहिने नियम आएको छ । यसले समस्या नै समस्या निम्त्याएको छ । संघिय सरकारले जारी गरेको लाईसेन्सले पनि नहुने भएपनि समस्या आउँछ । स्थानिय निकायले शुल्क उठाएकोमा हाम्रो आपत्ति होईन तर व्यवस्थित ढंगले उठाउनुप¥यो । ठाउँ–ठाउँमा उठाउनुको सट्टा एकमुस्ट रुपमा पनि उठाउन सकिन्छ,जसले गर्दा पर्यटकलाई पनि असहज हुँदैन ।
त्यसवाहेक ईलिगल अपरेसन भयो भनेर नै यसअगाडी टिम्स कार्ड ल्याईएको थियो । संघियता लागु भएपछि खुम्बु गाउँपालिकाले टिम्सलाई हटाईदिएपछि झन विकृतिहरु बढेर गएको छ । हाल आएर विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले । राज्यको उपस्थिति कहिँ कतै नभएपछि विदेशी टुर अपरेटरहरुले नेपालमा सिधै ट्रेकिङ चलाउने अवस्था आयो । हाल न ट्रेकिङ पर्मिट आवश्यक पर्छ, न टिम्स नै । यसले गर्दा नेपाली ट्रेकिङ कम्पनीहरु समस्यामा परेको छन । अव विदेशी अपरेटरहरुले नेपालका ट्रेकिङ कम्पनी खोज्नुपर्ने अवस्था नै भएन । त्यसैले अव ट्रेकिङ पर्मिट पर्यटन विभागवाट जारि गरिदिने वा अन्य केहि व्यवस्था गर्नैपर्छ । पर्यटन ऐन संसोधन गरेर भएपनि कुनै न कुनै उपयुक्त व्यवस्था ल्याउनैपर्छ ।
० नेपालमा हाल रहेका यहि पूर्वाधारले वीस लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ त ?
नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिलेको समय सापेक्ष निकै सानो भयो, आकाशमा घण्टौं होल्डमा बस्नुपर्ने अवस्था छ । भैरहवा को एयरपोर्ट पनि क्षेत्रियस्तरको मात्रै हो । त्यसैले विमानस्थल लगायतका पूर्वाधार निर्माणको कामलाई यथासिघ्र अगाडी वढाउनु आवश्यक छ । नेपाल वायुसेवा निगमलाई युरोपमा कालोसुचिमा राखिएको छ । कालोसुचिवाट तत्काल हटाउन पहल गर्नुप¥यो । निगमै जहाज युरोप,अमेििरका र अष्ट्रेलियमा जानु र नजानुमा ठूलो अन्तर हुन्छ ।
अर्कोतिर काठमाडौंकै सडकको अवस्था पनि खराव छ । राज्यले सडकका खाल्डाखुल्डी मात्र पुरेपनि तत्काललाई कहि सकारात्मक हुने थियो । पूर्वाधारहरुको निर्माण र सुधारमा ध्यान दिनैपर्छ ।
० सन् २०२० लाई सफल पार्न सरकारले निजी क्षेत्रसंग कस्तो सहकार्य गरेको छ ? नेपाल भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको भुमिका कस्तो रहनुपर्छ ?
सरकारले नेपाल भ्रमण वर्ष २०२० का लाग एउटा संयन्त्र त वनाएको छ । तर त्योे संयन्त्र कहाँ छ, के गरिराखेको छ,त्यो वाहिर आउन सकेको छैन । त्यो संयन्त्रै आफँैमा रनभुल्लमा भएको जस्तो देखिन्छ । मुल कमिटिमा वास्तविक र दिग्गज पर्यटन व्यवसायि परेजस्तो पनि लाग्दैन । विसौं वर्ष पर्यटन क्षेत्रमा लागेका व्यवसायिहरुको सल्लाह,सुझावलाई मध्यनजर गरेर जाने हो भने अझै पनि ढिलो भएको छैन,त्यसले सकारात्मक परिणाम नै ल्याउँछ ।
तपाईको प्रतिक्रिया