logo

राजदुत र कन्सुलरहरु लाई पर्यटन प्रवद्र्धनमा लगाउनुपर्छ

खुम बहादुर सुवेदी, बरिष्ठ उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    2504   पटक पढिएको

सन २०१७ मा करिव दश लाख पर्यटक नेपाल आएको तथ्यांक आएपछि नेपालको पर्यटन क्षेत्रमा थप उत्साह देखिएको छ । पछिल्लो समय २० लाख र ५० लाख पर्यटक नेपाल भित्र्याउने बहस विभिन्न क्षेत्रमा भईरहेको छ । यसै सन्दर्भमा अर्थ व्यापारले  ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी संग नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्था,टानको गतिविधि तथा समग्र पर्यटन क्षेत्रमा केन्द्रित रहेर कुराकानी गरेको छ । युनिक एड्भेञ्चर ईन्टरनेशल प्रा.लि.का प्रबन्ध निर्देशक सुवेदी विगत २५ वर्ष देखि पर्यटन व्यवसायमा सक्रिय छन । प्रस्तुत छ–सुवेदीसंगको कुराकानीको सम्पादीत अंश :

० ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) मा नयाँ नेतृत्व आएको करिव छ महिना भयो । यस विचमा नेपालको पदयात्रा क्षेत्रको विकासका टानले के–कस्ता पहलहरु ग¥यो ?

टानमा हामी निर्वाचित भएर आएपछिको एक महिना त पद नै हस्तान्तरण भएन । पद हस्तान्तरण पछि हामीले मुख्यतः पदयात्रा व्यवसाय र टान संग सम्बन्धित मन्त्रालयहरु र मन्त्रीज्युहरुलाई भेटेरै यो क्षेत्रका समस्या र समाधानका उपायहरु वारे वतायौं । पदयात्रा पर्यटन क्षेत्र संग सम्बन्धित मन्त्रालयहरु पर्यटन,गृह,अर्थ र सञ्चार मन्त्री ज्यु हरुलाई यो क्षेत्रको समस्याहरु राख्यौं । 
पसाङलहमु गाउँपालीका लगायत अन्य स्थानमा देखिएको ीटम्स सञ्चालन का देखिएको कठिनाई लाई समाधानका लागी पहल ग¥यौं । पर्यटन नीतिलाई पर्यटन मैशी बनाउनका लागी विशेष पहल ग¥यौं । अध्यागमन कार्यालयलाई विदाको दनमा पनि सञ्चालन गर्न आवश्यक रहेकोले त्यसमा विशेष लविईङ गर्दै आएका छौं । तर हामी आएको चार महिनामा केहि न केहि रिजल्ट नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दिनुपर्छ भनेर लागेका थियौं,त्यहि हिसावले रिजल्ट दिलाउन भने सम्भव भएन ।

० यसका पछाडी पर्यटन क्षेत्रको महत्व राज्यका निति निर्माताले नबुझेको अवस्था हो ?

हे,हामी धेरै ठाउँमा पुग्यौ । नेताहरु,कर्मचारीहरु पनि सवैले पर्यटनको विकास गर्नुपर्छ त भन्छन तर कार्यान्वयनको तहमा केह हुन सकेको छैन । अर्कोतिर पर्यटन क्षेत्रका व्यावसायिक संघ–संथाहरु पनि आफ्नो स्वार्थमा लागेको देखिन्छ । पर्यटनलाई राजनीतिक दलहरुले भातृ संस्था बनाउन खोजे । समग्र पर्यटन क्षेत्रको हितको लाग भन्दा पनि संघ–संस्थाहरु आफ्नो स्वार्थमा मात्र दौडने गरेको थियो ।

० पछिल्लो समय ट्रेकर्स ईन्फर्मेसन म्यानेजमेण्ट सिस्टम(टिम्स) मा देखिएको विवादले टिम्स आवश्यक नै छैन भन्ने बहस समेत उठ्न थालेको छ । टिम्सको सन्दर्भमा टानको धारणा के छ ?

टिम्स अहिलेकै जस्तो लंगडो अवस्थामा रहनुको कुनै अर्थ छैन । टिम्सको सहि प्रयोग हुनुप¥यो । पर्यटन मन्त्रालयले यस विषयमा अध्ययन गर्नुप¥यो,आवश्यक हो भने यसलाई सहि ढंगले प्रयोजनमा ल्याउनुप¥यो,होईन भने हटाउनुप¥यो । मेरो विचारमा टिम्स आवश्यक छ, पर्यटकहरु ट्रेकिङ कम्पनी वाट पदयात्रा जाने वातावरण यसले निर्माण गर्नुका साथै पदयात्रामा गएका पर्यटकहरुको रेकर्ड लगायत मजदुरहरुको हितका लागी पनि आवश्यक छ ।

० अहिले नेपालमा २० लाख,५० लाख पर्यटक भित्र्याउने विषयमा बहसहरु भईरहेको छ । यो लक्ष्य साकार पार्न कस्ता योजनाहरु आवश्यक छन ?

सपना देख्नु राम्रो कुरा हो तर सपनालाई साकार पार्न सहि योजना चाहिन्छ । त्यसका लागी सवैभन्दा पहिले त पूर्वाधार नै निर्माण हुनुप¥यो । पर्यटक आँउदा बस्ने होटल बढ्नुप¥यो,होटलहरुको विकास सन्तोषजनक नै छ । तर जहाजमा सिट नपाउने समस्या छ,गाडीको सुविधा छैन, पर्यटक आयो भने दक्ष गाईडको अभाव छ । देशभित्र हामीले पहिले आवश्यक पूर्वाधारहरुको निर्माण गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनमा जानैपर्छ । 
त्यसका लागी विशेषगरि नेपाल सरकारले नियुक्त गरेको राजदुत र कन्सुलरहरु लाई पर्यटन प्रवद्र्धनमा लगाउनुपर्छ । आजसम्म विभिन्न देशमा रहेका राजदुत र कन्सुलरहरुले पर्यटन प्रवद्र्धनका लागी केहि गरेको पाईएन । यस विषयमा मैले केहि राजदुतहरु संग कुरा गर्दा उहाँहरुले आँफुहरु संग पर्यटन प्रवद्र्धनका लागी काम गर्ने बजेट नरहेको वताउनुभएको छ । राज्यले उहाँहरुवाट पर्यटन प्रवद्र्धन गर्ने सहि योजना वनाउन आवश्यक छ । अर्कोतर नेपाल पर्यटन वोर्डले दिने सद्भावना दुतहरु पनि अर्थपूर्ण भएन । पर्यटन वोर्डले विभिन्न देशमा रहेका व्यक्तिहरुलाई पर्यटन दुत घोषणा रहेको पाईयो,तर उहाँहरुले पर्यटन प्रवद्र्धनका लागी केहि गरेको पाईएन । यो त आफ्ना निकटका व्यक्तिहरुलाई मात्र बाँडेको जस्तो पाईयो । पर्यटन दुतहरु बनाएर उहाँहरुको व्यक्तिगत प्रोफाईल बढाउन सहयोग पुगेपनि पर्यटन प्रवद्र्धनमा भने योगदान पुगेको पाईएन । यसलाई अलि प्रभावकारी बनाउन आवश्यक छ ।

० नयाँ सरकार र नयाँ पर्यटन मन्त्री संग निजि क्षेत्रको अपेक्षा के छ ?

लामो समयपछि नेपालमा बहुमत प्राप्त वलियो सरकार आएको छ । हामीले टानका तर्फ पर्यटन मन्त्री ज्युलाई भेटेर आफ्ना कुराहरु पनि राख्यौं । नयाँ पर्यटन मन्त्री संग हाम्रो ठूलो अपेक्षा छ । पर्यटन मन्त्री व्यक्तिका स्वार्थमा जानु भएन र समग्र पर्यटन क्षेत्रको विकास र देशलाई केन्द्रमा राखेर काम गर्नुभयो भने उहाँले धेरै राम्रा कामहरु गर्न सक्ने अवस्था छ ।

० पछिल्ले समय पर्यटन व्यवसायिहरु विचमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको छ । यसका कारण कत्तिको नकारात्मक असर परेको छ ?

म पनि पर्यटन क्षेत्रमा लागेको २५ वर्ष भयो । हिजोका दिनमा पर्यटन व्यवसाय बेग्लै ढंगले चलेको थियो,प्रविधिमा आएको विकासका कारण अहिले पर्यटन व्यवसाय बेग्लै ढंगले चल्न थालेको छ । यसले गर्दा व्यवसायिहरु विचमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको यथार्थ हो । यसमा सरकारको तर्फवाट उचित नियमन हुनु जरुरी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।