logo

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले बनाएको प्रतिवेदको अन्तिम रुप तयार

    1327   पटक पढिएको

३ पुस /अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले सोमबार साढे नौं बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । कार्यदलले संभवत आज साँझसम्म प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने छ । मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थमन्त्रीले कार्यदल बनाएका थिए । अघिल्लो बिहीबार नै कार्यदल बने पनि गत सोमबार मात्र काम सुरु भएको थियो । काम सुरु भएको एक सातापछि हिजो सोमबार रातिसम्म बसेर प्रतिबेदन तयार पारेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थका सहसचिव उत्तरकुमार खत्री सदस्य छन् ।कार्यदलले मुद्रा र पूँजी बजारको समस्या समाधानका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन तीन खण्डमा बाँडेर सुझाब दिने संयोजक श्रेष्ठले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठका अनुसार, ब्याज दर स्थायित्व र पूँजी बजार सुधारका लागि थुप्रै सुझाबहरु आएका छन् । यसमध्ये कार्यान्वयन गर्न सकिने सुझाबहरुलाई प्रतिवेदनमा समेटेर समस्या समाधान गरिने छ ।

कार्यदलले प्राथमिकता प्राप्त क्षेत्रको ऋणको ब्याज नबढ्ने उपायसहित सुझाब दिन लागेको छ । कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मा पनि केही लचकता अपनाउन भनेको छ । ऋणको ब्याज घटाउन स्प्रेडलाई कम गर्ने उपाय पनि प्रतिवेदनमा परेको छ । अर्थमन्त्रीले कार्यदल गठन गरेपनि त्यसबाट आएको सुझाबलाई कसरी कार्यान्वयन गरिने भन्ने स्पष्ट पारेका छैनन् । कार्यदलका सदस्यहरुका अनुसार, समय तालिका बनाएर कार्यान्वयन गरिने आश्वासन मात्र आएको छ । बैंकर्स संघले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० बाट बढाउनु पर्ने, कल डिपोजिटको ब्याजलाई ९१ दिने ट्रेजरी बिलको दरसँग समायोजन गर्नु पर्ने, पुनर्कर्जा कोषको रकम बृद्धि गर्नु पर्नेजस्ता सुझाबहरु दिएका छन् ।

शेयर लगानीकर्ताहरुले शेयर धितो ऋणमा लचकता अपनाउनु पर्ने, ब्रोकरमार्फत हुने मार्जिन लेण्डिङ सुरुवात गर्नु पर्नेलगायतका माग राखेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।