logo

मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर तयार पारिएको प्रतिवेदन आज अर्थ मन्त्री खतिवडालाई बुझाइने 

    1672   पटक पढिएको

४ पुस अर्थ र व्यापार  - अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा र पूँजी बजारका समस्या पहिचान गरी समाधानसहितको सुझाब दिन बनाएको कार्यदलले आज ४ बजेपछि प्रतिबेदन बुझाउने जनाइएको छ ।

अर्थमन्त्रालयमा अर्थमन्त्री खतिवडालाई कार्यदलका संयोजक शिवराज श्रेष्ठले प्रतिवेदन बुझाउने छन् । सुझाब बुझाएलगत्तै उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक बस्ने छ । यो समितिमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईलगायत छन् ।

अर्थमन्त्रीले अघिल्लो बिहीबार डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाएका थिए । कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, शेयर लगानीकर्ताहरुका प्रतिनिधि र मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री सदस्य थिए ।

कार्यदलले मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर प्रतिवेदन तयार पारेको छ । तत्कालका लागि स्प्रेड दर घटाउनु पर्ने, उत्पादनमूलक क्षेत्रमा ऋण बिस्तार गर्नु पर्ने, आयात कटौती गर्नु पर्ने, शेयर बजारको ऋण खुकुलो बनाउनु पर्ने जस्ता सुझाबहरु दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।