logo

अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको भन्दै समर्थन नजनाउने कांग्रेस प्रवक्ता शर्माको जिकिर  

    968   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार   - नेपाली कांग्रेसले बढ्दो ब्याज दरका बारेमा महासमिति बैठक लगत्तै आफ्नो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले विकास खर्च गर्न नसकेर तरलता अभाव भएको र यसैका कारण ब्याज दर बढेको बुझाइ नेपाली कांग्रेसको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसले शेयर बजारका बारेमा आफ्नो धारणा सार्बजनिक गरे पनि बढ्दो ब्याज दर, ऋणको अभाव र विकास खर्च नभएका बारेमा मुख खोलेको थिएन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक लगत्तै ब्याज दर बृद्धिका बारेमा कांग्रेसले आफ्नो दृष्टीकोण सार्बजनिक गर्ने बताए । 

लगानीको वातावरण कमजोर हुनु, ऋण नपाउनु जस्ता बिषय एकदमै गम्भिर भएको र यस बारेमा सरकारले गम्भिर ढंगबाट सोच्नु पर्ने प्रवक्ता शर्माले बताए । शेयरका लगानीकर्ता रिले अनशन बसुन्जेल कांग्रेसले केही नबोले पनि आमरण अनशन बस्ने अवस्था आएपछि समर्थन जनाएको उनले बताए । आन्दोलनकारी साथीहरुले उठाएको सबै मागप्रति सर्मथन रहेको तर अर्थमन्त्रीको राजिनामामा भने समर्थन नरहेको उनले बताए । अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको र राजनितिक मागमा समर्थन नजनाउने उनको तर्क छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।