logo

यामाहाको ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक

    1881   पटक पढिएको

 

८ असोज/अर्थ र व्यापार- यामाहाले आफ्नो नयाँ स्कुटर ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ ।
नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । 

यो स्कुटरमा १२५ सिसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ । यसले ६ हजार ५ सय आरपिएममा अधिकतम ८ बिएचपी पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क उत्पन्न गर्छ ।

५.२ लिटर फ्युल ट्यांक क्यापासिटी रहेको ‘रे जेडआर १२५’ को माइलेज ६६ किलोमिटर प्रति लिटर हुने कम्पनीको दाबी छ ।

यो स्कुटरमा युनिफाइड ब्रेकिंग सिस्टम (युएसबी) छ, जसले स्कुटरको ब्रेकिंग सिस्टमलाई अब्बल बनाउने कम्पनीको दावी छ । मोटरसाइकलको स्थिती यसमा जडित डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटरले थाहा पाउन सघाउँछ ।

रे जेडआर १२५मा १२ इन्चको एलोइ ह्विल, मल्टी फक्सन की, फोल्डेबल हुक, युएसबी चार्ज, साइड कटअफ स्विच जस्ता फिचर रहेका छन् ।

कम्पनीले यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैंया निर्धारण गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।