१९ मंसिर/ अर्थ र व्यापार - नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर १५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सिसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ ।
यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ, यसले १० हजार आरपीएममा १९.३ पिएसको पावर र ८५ सय आरपिएममा १५ एनएम टर्क उत्पन्न गर्ने विज्ञप्तिमा उल्लेख छ । यसको सुरुवाति मूल्य ४ लाख १९ हजार नौ सय कायम गरिएको छ । १३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३ मा फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइट छन् । एग्रेसिभ राइडिङ पोजिसन र चौडा टायर छ ।
तपाईको प्रतिक्रिया