logo

एप्पल फेरि विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बन्न सफल

    1407   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - एप्पल एकपटक फेरि विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । मंगलबार एप्पलले बजार पूँजीकरणमा माइक्रोसफ्टलाई पछाडि पारेको हो । योसँगै एप्पलको बजार पूँजीकरण ८२ हजार १०० करोड डलर पुगेको छ । दोस्रो नम्बरमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण ८१ हजार ९०० करोड डलर रहेको छ । ८१ हजार ६०० करोड डलरका साथ अमेजन तेस्रो नम्बरमा रहेको छ ।

एप्पलको शेयर मंगलबार १.७१ प्रतिशत नाफामा रह्यो। विगत ५ ट्रेडिङ सेशनभन्दा यसमा तीव्र वृद्धि भइरहेको थियो । जसका कारण कम्पनीको बजार पूँजीकरणमा वृद्धि भएको हो । नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा धेरै पूँजीकरण भएको कम्पनी बनेको थियो । १६ बर्षपछि माइक्रोसफ्ट सबैभन्दा बढी पूँजीकरण भएको कम्पनी बनेको थियो । तर जनवरीमा अमेजनले माइक्रोसफ्टलाई पछाडि पारिदिएको थियो । केही दिन पहिले फेरी माइक्रोसफ्ट पूँजीकरणमा नम्बर एकमा रहेको थियो ।

अगस्ट २०१८ मा एप्पलको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । यो स्थान हासिल गर्ने एप्पल दुनियाँको दोस्रो कम्पनी बनेको थियो । तर आइफोनको विक्री घटेका कारण उसलाई केही दिनदेखि नोक्सान भइरहेको थियो । त्यसैले एप्पलको शेयरमा गिरावट आएको थियो र कम्पनीको बजार पूँजीकरण माइक्रोसफ्ट र अमेजनभन्दा पछाडि परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।