logo

टुटल र पठाओलाई सरकारको चेतावनी–भाडा लिएर यात्रु बोके कारवाही गर्छौं

    1189   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार - सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी दिएको छ ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले कानूनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको बताए । उनले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थालिने स्पष्ट गरे ।

यसअघि पनि विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारवाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।

बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौला निजी सवारीको सार्वजनिक प्रयोगले सरकार र कानुनमाथि चुनौती दिएको बताउँछन् ।

यसलाई विकृति भन्दै उनले यसलाई रोक्न राज्यका जिम्मेवार संयन्त्रहरु भूमिका खेल्न ढिला भइसकेको बताए । ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानुनले नदिएको काम गर्न पाइँदैन,’ सिटौला भन्छन्, ‘यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनैपर्छ ।’ निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दाबी छ ।

अन्तर्रा्ष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएका प्रविधि नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सार्वजनिक यातायात सेवामा कमी कमजोरी रहेको स्वीकार्दै समायानुकुल परिवर्तन गर्न आफूहरु तयार रहेको बताए ।

नेपाल मिटर ट्याक्सी ब्यवसायी संघका निवर्तमान अध्यक्ष अर्जुन गौतम विदेशी लगानी ल्याएर माफियाहरुले टुटल र पठाओजस्ता व्यवसाय चलाइरहेको आरोप लगाउँछन् । उनले कानुनमै व्यवस्था नभएको सेवालाई ल्याएर यहाँ काम गरिरहेका स्वरोजगार मजदुर र व्यवसायीको घाँटी निचोर्ने काम गरिएको तर्क गरे । ‘हामी यस्तो सेवाको सशक्त विरोध गर्छौं, यो सरासर गलत कदम हो,’ गौतम भन्छन्,’यस्तो सेवा तुरुन्तै सरकारले बन्द गर्नुपर्छ, गैरकानुनी व्यवसायले हाम्रो व्यवसाय चौपट बनाउने अवस्था आउनु हुँदैन ।’

उनले आफूहरुले सरकारले बनाएका नियमको पालना गरेर सरकारले तोकेको भाडामा गुड्ने गरेको दाबी गरे । ‘हामी सरकारले सिलबन्दी गरेको मिटरमा हिँड्छौं, ४–४ महिनामा कर तिरेर रुट पर्मिट लिन्छौं, ६–६ महिनामा जाँचपास गर्छौं,’ उनले भने,‘लाखौं खर्च गरेर किनेको ट्याक्सीको सेवालाई असर पर्ने गरी निजी सवारीले सशुल्क यात्रु बोक्न काम कुन कानूनले दिन्छ ?’

टुटल र पठाओलगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटना जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने उनीहरुको दाबी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।