logo

टुटल र पठाओलाई सरकारको चेतावनी–भाडा लिएर यात्रु बोके कारवाही गर्छौं

    1870   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार - सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जानकारी दिएको छ ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले कानूनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको बताए । उनले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारवाही थालिने स्पष्ट गरे ।

यसअघि पनि विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारवाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।

बुधबार विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौला निजी सवारीको सार्वजनिक प्रयोगले सरकार र कानुनमाथि चुनौती दिएको बताउँछन् ।

यसलाई विकृति भन्दै उनले यसलाई रोक्न राज्यका जिम्मेवार संयन्त्रहरु भूमिका खेल्न ढिला भइसकेको बताए । ‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानुनले नदिएको काम गर्न पाइँदैन,’ सिटौला भन्छन्, ‘यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनैपर्छ ।’ निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दाबी छ ।

अन्तर्रा्ष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएका प्रविधि नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सार्वजनिक यातायात सेवामा कमी कमजोरी रहेको स्वीकार्दै समायानुकुल परिवर्तन गर्न आफूहरु तयार रहेको बताए ।

नेपाल मिटर ट्याक्सी ब्यवसायी संघका निवर्तमान अध्यक्ष अर्जुन गौतम विदेशी लगानी ल्याएर माफियाहरुले टुटल र पठाओजस्ता व्यवसाय चलाइरहेको आरोप लगाउँछन् । उनले कानुनमै व्यवस्था नभएको सेवालाई ल्याएर यहाँ काम गरिरहेका स्वरोजगार मजदुर र व्यवसायीको घाँटी निचोर्ने काम गरिएको तर्क गरे । ‘हामी यस्तो सेवाको सशक्त विरोध गर्छौं, यो सरासर गलत कदम हो,’ गौतम भन्छन्,’यस्तो सेवा तुरुन्तै सरकारले बन्द गर्नुपर्छ, गैरकानुनी व्यवसायले हाम्रो व्यवसाय चौपट बनाउने अवस्था आउनु हुँदैन ।’

उनले आफूहरुले सरकारले बनाएका नियमको पालना गरेर सरकारले तोकेको भाडामा गुड्ने गरेको दाबी गरे । ‘हामी सरकारले सिलबन्दी गरेको मिटरमा हिँड्छौं, ४–४ महिनामा कर तिरेर रुट पर्मिट लिन्छौं, ६–६ महिनामा जाँचपास गर्छौं,’ उनले भने,‘लाखौं खर्च गरेर किनेको ट्याक्सीको सेवालाई असर पर्ने गरी निजी सवारीले सशुल्क यात्रु बोक्न काम कुन कानूनले दिन्छ ?’

टुटल र पठाओलगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटना जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने उनीहरुको दाबी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।