logo

काठमाडौं–पोखरा अत्याधुनिक पर्यटक बस सेवा संचालन गर्दै भिजिट नेपाल ट्राभल

    3332   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– भिजिट नेपाल ट्राभल एण्ड टुरले तिहारलगत्तै काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस सेवा संचालनमा ल्याउने भएको छ ।

कम्पनीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस संचालन ल्याउने योजना बनाएको थियो । तर कोभिड–१९का महामारीका कारण करिव ७ महिना पछी बस सेवा सुचारु गर्न लागेको हो । 

भिजिट नेपाल ट्राभल एण्ड टुरका संचालक पदम आचार्यले भ्रमण वर्षलाई लक्षित गर्दै एक बर्ष अगाडी ट्राभल विजनेश सुरु गर्ने उद्धेश्यले बस संचालनमा ल्याउने तयारी गरेपनि  कोभिडका कारण सात महिनापछि बस संचालन गर्न लागेको बताए । 

कम्पनीले ल्याएको अशोक लेल्याण्डको भाकिङ्स २२२ सिरिजको सिंगल इन्जिन युक्त यो गाडीमा सोफामै बसेर यात्रा गर्न सक्नेछन् । 

संचालक आचार्यले बसको आन्तरिक बनोट हाइली लक्जरियस रहेको बताउदै बसमा एयर कन्डिसन, सस्पेन्सन क्षमता सँगै गाडीको रुफटपमा जडित ग्लास मार्फत आकाशको पनि दृश्यालोकन गर्न सक्ने बताए । 

२८ सीट क्षमताको गाडीको भाडादर १२ सय रुपैयाँ निर्धारण गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।