logo

जिएसकेको एचएफडी युनिलिभरद्वारा खरिद

    1743   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार - युनिलिभर लिमिटेडले भारत, बंगलादेश र अन्य २० देशमा राम्रो बजार हिस्सा ओगटेको ग्लेक्सोस्मिथक्लाइन (जीएसके)को हेल्थ फुड ड्रिङ्क पोर्टफोलियो (एचएफडी) खरिद गरेको छ । यससँगै लोकप्रिय पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन ब्रिटिश कम्पनी युनिलिभरको हातमा गएको छ । १४५ वर्ष पुरानो ब्रान्ड हर्लिक्स खासगरी बालबालिका माझ प्रिय छ ।

हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल)मा रहेको आफ्नो शेयरसहित ३.३ अर्ब यूरो बराबरको शेयर युनिलिभरले खरिद गरेको छ । यसलाई ठूलो बिजनेस डिल मानिएको छ । युनिलिभर एचयूएलको प्रमोटर कम्पनी हो ।
सन् २०१८ को मार्च महिनाको अन्तमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको रेकर्ड छ । जीएसकेले बेच्ने हर्लिक्सको ९० प्रतिशत बजार भारत नै हो । खाद्य तथा पेय पदार्थमा आफ्नो बजार बढाउने घोषित रणनीति अनुरुप नै पछिल्लो कदम चालिएको युनिलिभरले जनाएको छ ।

भारतको न्युट्रिसन ड्रिङ्क मार्केटमा हर्लिक्स ४३ प्रतिशत बजार हिस्सासहित सबैभन्दा ठूलो ब्रान्ड बनेको छ । मोन्डेलेज इन्टरनेशनको बर्नभिटाले १३ प्रतिशत बजार ओगटेको छ । हिन्दुस्तान युनिलिभरले भारतका ३५ लाख स्टोरहरुमार्फत् आफ्ना उत्पादनको सीधा बिक्री गर्दछ । ७ लाख आउटलेट्ससम्म यसको पहुँच छ ।

विश्लेषकहरुका अनुसार यो सम्झौतापछि हर्लिक्सलगायतका उत्पादनहरुको बिक्री अझै बढ्ने छ । गत जुलाईदेखि सेप्टेम्बर महिनासम्म हिन्दुस्तान युनिलिभरको  मुनाफा १९.५१ प्रतिशतले बढेर १ हजार ५२५ करोड भारु पुगेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।