logo

ईटालीको कम्पनीलाई ८६ मेगावाट आयोजना बनाउन एमालेको कम्पनीले दियो जिम्मा

    1189   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-निजी क्षेत्रका ब्यवसायीहरुले बनाउन लागेको ८६ मेगावाटको सोलुखोला दुधकोशी आयोजना निर्माणको ठेक्का ईटालीको सिएमसी रेभेन्नाले प्राप्त गरेको छ । निजी क्षेत्रले बनाउन लागेको अहिलेसम्मको यो सबैभन्दा ठूलो आयोजना हो ।

सीएसमसी रेभेन्ना र साहस उर्जा प्रालिबीच आयोजना निर्माणको ठेक्का सम्झौता भएको हो ।

सोलुखुम्बुको सोलु खोलामा निर्माण हुने आयोजनाले २०७७ असोजमाा बिद्युत उत्पादन गरिसक्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणमा ११ अर्ब ८६ करोड लागत लाग्ने अनुमान गरिएको छ । नेपाल इइृन्भेष्टमेन्ट बैंकको अगुवाईमा ११ बैंकले यसमा लगानी गर्दैछन् ।

साहस उर्जामा नेकपा एमालेका नेता कार्यकर्ताहरुको संलग्नता रहेको छ । कम्पनीको अध्यक्षमा एमाले कार्यकर्ता हिमप्रसाद पाठक अध्यक्ष छन् भने डा. युवराज खतिवडा मिनराज कंडेल ,परितोेष पौडेल लगायतको लगानी रहेको छ ।

यस आयोजनामा झण्डै चार अर्ब रकम संस्थापकहरुको तर्फबाट जुटाउनु परेपछि ज्ञज्ञएमालेका नेता कार्यकर्ताहरुले आफु सम्बद्ध सहकारी संस्थाहरुको पनि ठूलो रकम परिचालन गरेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।