logo

टिभिएस मोटर कम्पनीद्वारा नयाँ वर्षमा ‘सात छ हाम्रो’ अफर सार्वजनिक

    3082   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - नयाँवर्षको अवसरमा टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ । नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकमाझ ल्याएको हो । हरेक दुईपांग्रे सवारी प्रेमीको एकमात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसका ‘सात छ हाम्रो’ अभियान टिभिएसले दुई वर्षअघि परिचित गराएको थियो । यसमार्फत टिभिएस आफ्नो ग्राहकको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।

सोमबारबाट सुरु भएको अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजारको स्योर सट नगद छुटको व्यवस्था गरेको छ । यस अफरले स्क्र्याच कुपनको झन्झट हटाई ग्राहकको सजिलोको लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । २०७६ वैशाख मसान्तसम्म उक्त अफर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

टिभिएसले आफ्नो सात भिन्ना भिन्नै सिसीका उत्पादनमा पाँच वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, एकघन्टे एक्सप्रेस सेवा लगायत अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।