४ असार / अर्थ र व्यापार - नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो । यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्न सक्ने छ ।
जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत शुरु भुक्तानीमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्ुनेछ । साथै ग्राहकहरुलाई गजबको आकर्षक मासिक किस्ता रु.५,५००÷ बाट सुरु हुनेछ । यी सबैभन्दा पनि ज्यादा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु.३० हजार म्मको बोनस पनि प्राप्त गर्न सक्ने छन् ।
मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् रु.७ हजारदेखि रु.१ लाखसम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्नु हुने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा पाउनेछ ।
यसको शुरुवातदेखि नै टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया