२३ पुस/अर्थ र व्यापार– बिहिबार सुनको मूल्यमा प्रतितोला १३०० रुपैयाँले गिरावट आएको छ ।
बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कोरोबार भएको सुन बिहिबार प्रतितोला १३०० रुपैयाँले घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ। बुधबार ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी प्रतितोला १३ सयले घटेर ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य १० रुपैंयाले घटेर १३३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया