२४ मंसिर/अर्थ र व्यापार– बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज ९.६७ डलरले घटेको छ।
मंगलवार तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी १२ सय १५ रुपैयाँ प्रतितोला भएको छ । मंगलबार ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८५९.८६ डलर र चाँदी प्रतिऔंस २४. ३५ डलरमा कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया