२२ भदौ / अर्थ र व्यापार – एक वर्ष यताकै उच्च मूल्यमा पुगेको सुनको मूल्य बिहीबार थोरै घटेको छ । बुधबार यो वर्षकै उच्च मूल्य ५७ हजार पाँच सय पुगेको सुनको मूल्य बिहिबार प्रति तोला तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ५७ हजार दुई सयमा झरेको छ । छापावाल सुनसंगै तेजाबी सुनको मूल्य पनि घटेको छ । बिहीबार तेजाबी सुनको मूल्य ५६ हजार नौ सयमा झरेको छ । महासंघले आजको लागि चाँदीको मुल्य सात सय ८५ रुपैयाँ तोकेको छ ।
तपाईको प्रतिक्रिया