८ असार / अर्थ र व्यापार - सिप्रदी ट्रेडिङ्ले ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा भित्र्याएको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
यसको भित्रको भागमा फराकिलो छ । एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। बाहिरी भागमा १८० एमएम ग्राउन्ड क्र्ल क्लियरेन्स छ । स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप, रियर हाई माउण्ट स्टप ल्याम्प र स्टाम्पसहित इन्टिग्रेटेड स्पोइलर छ । यसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीयस जस्ता प्राविधिक विशेषताहरू छन् ।
भेरियन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्टजस्ता फिचरहरु पनि यसमा छन् । टाटा मोटर्सका प्यासेन्जर भेइकल्सक अन्तर्रा्ष्ट्रिय बिजनेसका प्रमुख सुजन रोयलले ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्ने बताए । सिप्रद्धिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नयाँ उत्पादनसँगै नेपाली बजारमा बलियो उपस्थिति बनाउनतर्फ केन्द्रित भएको बताए ।
टाटा टियागो ६ रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट,प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ । यसको सुरुवाती मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ । फुल अप्पसनको मूल्य ३१ लाख ९५ हजार रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया