logo

भारतको टाटा कन्सल्टेन्सी सर्विसेज बन्यो विश्वकै मूल्यवान आईटी कम्पनी

    2062   पटक पढिएको


२३ असोज/अर्थ र व्यापार– द ईकोनमिक टाइम्सका अनुसार भारतको सफ्टवेयर एक्सपोर्टर कम्पनी टाटा कन्सल्टेन्सी सर्विसेज पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको छ ।

टाटा कन्सल्टेन्सी सर्विसेजले विश्व बजारमा नम्बर १ रहेको कम्पनी नास्दाकमा एक्सेन्चरलाई पछि पार्दै पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको हो ।

बिहीबार स्टक एक्सचेन्जमा टाटा कन्सल्टेन्सी सर्विसेजको मार्केट क्याप १४४.७३ अर्ब डलर अर्थात १०.६० लाख करोड भारु पुग्यो ।  

नास्दाकमा एक्सेन्चरको मार्केट क्याप १४३.४ अर्ब डलर रहेको छ । यस्तै आइबिएमको मार्केट क्याप ११८.२ अर्ब डलर रहेको छ । 

बिहीबार टाटाको सेयर मूल्य ३.१९ प्रतिशतले बढ्दै प्रतिसेयर २८२५ भारु कायम भएको थियो । जसबाट बम्बे स्टक एक्सचेन्जमा उसको मार्केट क्याप १४४.७३ अर्ब डलर कायम भयो ।

दोस्रो त्रैमासमा धेरै नै राम्रो प्रदर्शन गरेका कारण टिसिएसको सेयर मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
हालै कम्पनीले १६००० करोड भारुको बाइब्याक योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले प्रतिसेयर १२ भारु लाभांश पनि दिइरहेको छ ।

वार्षिक आधारमा हेर्दा सेप्टेम्बर त्रैमासमा कम्पनी रेभेन्यू ३ प्रतिशतले वृद्धिसमेत भएको छ ।
कोरोनाका कारण विश्वभरका ग्राहकले क्लाउड तथा अन्य डिजिटल प्रोजेक्टमा धेरै नै खर्च गरिहेकाले कम्पनीको रेभेन्यू बढेको हो । 

कोरोनाका कारण कम्पनीहरुको डिजिटल खर्च बढिरहेको छ । विश्लेषकहरुका अनुसार बैंकिङ वित्त रिटेल तथा लाइफ साइन्स जस्ता क्षेत्रमा धेरै नै तीव्रता आएकाले कम्पनीको प्रदर्शनमा सुधार देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।