१८ मंसिरअर्थ र व्यापार– टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार सहितको योजना ल्याएको छ ।
कम्पनीले 'एच-५ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रम पनि गर्दैछ । यो कार्यक्रम यही मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरूममा हुने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत उक्त दिन टाटाको एच-५ गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक बोनस तथा आकर्षक उपहार प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार मंसिर २१ ग्ते हुने कार्यक्रममा त्यस टाटा एच-५ बुकिङ गर्ने ग्राहकले ३ लाख ५० हजार सम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन-११, १ लाख ५० हजारसम्मको एक्सचेन्ज लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।
साथै कम्पनीले जनाएअनुसार 'अर्ली बर्ड्स’ अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा लिंकमा गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्च लोयल्टी प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया