१० असोज/अर्थ र व्यापार– नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स दसैं अफर, ल्याएको छ ।
‘टाटा मोटर्स दसैं अफर, योजना अन्तर्गत टाटा प्यासेन्जर भेहिकलको खरिदमा चार लाख रुपैयाँसम्मको नगद छुट र जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार सम्मको एक्सचेन्ज बोनस दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा सरप्राइज गिफ्ट र प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार दिने विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजमा यो छुट पाइनेछ ।
तपाईको प्रतिक्रिया