१ भदौ/अर्थ र व्यापार– सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला आजबाट सुरु भएको छ । काठमाडौंको नक्साल ब्यांक्वेटमा भएको मेला तीन दिनसम्म चल्नेछ । मेला प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म तीन दिन चल्नेछ।
मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गाडी बुकिङ गर्दा गोलाप्रथाबाट एक जोडीलाई यूरोप टुर,जोडीलाई थाइल्याण्ड टुर, हिराको औठी, दुई जनालाई २ वर्षको निशुल्क सर्भिसिङ, तीन जनालाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र एक जनालाई ६ महिनासम्मको निशुल्क इन्धन दिइनेछ ।
मेलामा टेष्ट ड्राइभ लगायतका विभिन्न सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा लक्की ड्रमार्फत दुई जनालाई प्रत्येक भ्यालुएसनमा फिल्मको टिकट दिइने, फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्रमार्फत प्रत्येक दिन मोबाइल तथा गोलाप्रथामार्फत वासिङ कुपन वा फूल ट्याक इन्धन एक जनालाई दिने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया