७ जेठ /अर्थ र व्यापार - सन् २०१९ को प्रथम त्रैमासमा टाटा मोटर्सको नाफा ४९ प्रतिशत घटेर १७ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३४ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आम्दानीमा गिरावट आएसँगै कम्पनीको नाफा घटेको हो ।
यस अवधिमा कम्पनलिे ८ खर्ब ७२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १४ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
२०१८र१९ को पूरै वर्षमा कम्पनी ४ खर्ब ६१ अर्ब रुपैयाँ घाटामा रह्यो । जबकि २०१७र१८ मा कम्पनीलाई एक खर्ब ४६ अर्ब रुपैयाँ नाफा भएको थियो ।
तपाईको प्रतिक्रिया