१२ माघ/अर्थ र व्यापार– समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले संस्थापक शेयरधनी रुप माया गुरुङ्गको नाममा रहेको १० हजार कित्ता, तारा देवी गुरुङ्गको १० हजार कित्ता, तोशल कुमार दाहालको नाममा रहेको ९ हजार कित्ता, बाबुराज श्रेष्ठको ७ हजार ५ सय कित्ता र इन्दिरा कटुवालको नाममा रहेको ६ हजार कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले फागुन १६ गते आइतबार सम्म संस्थाको केन्द्रीय कार्यालय गोरखामा आवेदन दिनका लागि आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया