२१ मंसिर/ अर्थ र व्यापार - रियलस्टेट कारोबारी सुधिर बस्नेतले खाएको सहकारीका बचतकर्ताको पैसा शेयर बिक्री गरेर भुक्तानी गरिने भएको छ । सरकारले गठनगरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले बस्नेतकी श्रीमती र सहकारीका कर्मचारीको शेयर बिक्री गरेर बचतकर्ताको पैसा भुक्तानी गर्ने निर्णय गरेको छ ।
समितिले ग्लोबल आइएमइ बैंकको शेयर बिक्री गर्न लागेको हो । नितु थापा बस्नेत र राजेश श्रेष्ठको नाममा रहेको शेयर बिक्री गर्न लागिएको हो । कुल २ लाख ३३ हजार ६७९ कित्ता शेयर बिक्री गरिने छ ।
यो शेयरको बजार मूल्य सात करोड ३३ लाख ७५ हजार २०६ रुपैयाँ छ । २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषित भएको ओरेण्टल कोअपरेटिभ लिमिटेका तत्कालिन अध्यक्ष सुधिर बस्नेतकी श्रीमति थापा र कर्मचारी राजेश श्रेष्ठले बचतकर्ताको रकमबाट बैंकको शेयर किनेका थिए । यो शेयर अहिले समितिको नाममा आइसकेको छ । समितिले त्यो शेयर बिक्री गरेर आएको पैसा बचतकर्तालाई वितरण गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया