logo

सोल्टीले होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल खोल्यो,

    2357   पटक पढिएको

 

७ पुस / अर्थ र व्यापा्र - काठमाडौं। नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल संचालनमा आउने भएको छ । यो चार तारे बिजनेश होटल हो ।

 

सोल्टीको नेपालगञ्जको होटल निर्माण पूरा भएको छ । संोल्टीका मार्के्टिङ चिफ साम्बाविक्रम शाहले होटल अंग्रेजी नयाँ वर्षबाट आंशिक रुपमा संचालनमा आउने बताए।उनका अनुसार होटल पूर्ण रुममा भने फागुनबाट मात्रै संचालनमा आउनेछ  । होटलमा सोल्टी र एनई समूहको  सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी छ । होटलमा सोल्टी हस्पिटालिटी लिमिटेड, सिबक्रिम ल्यान्ड एन्ड इण्ड्रष्ट्रियल कम्पनी र सोल्टी इन्टरप्राइजेज सञ्चालक छन् । सोल्टी इन्टरप्राइजेज होटल सोल्टीकै बहुमत स्वामित्व भएको कम्पनी हो ।

 

समा पूर्व राजा ज्ञानेन्द्रको परिवारको लगानी छ । सोल्टी हस्पिटालिटी, सिबक्रिम ल्यान्ड एन्ड इण्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत शेयर छ । सोल्टीको नेपालगञ्जको होटल क्राउन प्लाजा चेनको रुपमा भने रहने छैन । होटल  सोल्टी ब्राण्डमा मात्रै सञ्चालन हुनेछ । युवराज हिमालय शम्सेर उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले सन् २०२२ सालमा सोल्टी होटल स्थापना गरेका थिए । सोल्टीको अहिले बजार पुँजीकरण २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । 

 

८१ बेडरुमको चार तारे होटल दुई विघा क्षेत्रफलमा निर्माण गरिएको छ।होटलमा २० वटा स्वीट रुम छन् । ५८ वटा डिलक्स बेडरुम छन् । होटलमा ३० सीट क्षमताको बार छ। विवाह,ब्रतबन्ध लगायतका भोजका लागि ८ सय जना अट्ने ब्यांकेट हल समेत होटलभित्रै रहेको उनले बताए । तीन सय जना अट्ने कन्फ्रेन्स हल छ।स्वदेशी तथा विदेशी संघसंस्थाको कार्यक्रमको लागि उपयुक्त हलको व्यवस्था गरिएको शाहले बताए ।

‘नेपालगञ्ज कैलाश मानसरोवर जाने पर्यटकको लागि प्रवेशद्धार नै हो । त्यसैले हामीले कैलास मानसरोवर जाने विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा होटल सञ्चालनमा ल्याएका छौ ।‘ शाहले भने,  ‘डिसेम्बर २० देखिनै बुकिङ खुला गरिएको छ । जनवरी १ मा बलिउडका चर्चित कलारको उपस्थितिमा भव्य कार्यक्रम गरि होटल आंशिक सञ्चालनमा ल्याउनेछौ । ‘८१ बेडरुमको होटलमा प्रत्यक्ष रुपमा ६० जना भन्दा बढीले रोजगारी पाएका छन् र अप्रत्यक्ष रुपमा हजारौले रोजागारी पाउने शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।