logo

सोल्टीले होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल खोल्यो,

    2093   पटक पढिएको

 

७ पुस / अर्थ र व्यापा्र - काठमाडौं। नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले पचास वर्षपछि नेपालगञ्जमा चार तारे होटल संचालनमा आउने भएको छ । यो चार तारे बिजनेश होटल हो ।

 

सोल्टीको नेपालगञ्जको होटल निर्माण पूरा भएको छ । संोल्टीका मार्के्टिङ चिफ साम्बाविक्रम शाहले होटल अंग्रेजी नयाँ वर्षबाट आंशिक रुपमा संचालनमा आउने बताए।उनका अनुसार होटल पूर्ण रुममा भने फागुनबाट मात्रै संचालनमा आउनेछ  । होटलमा सोल्टी र एनई समूहको  सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी छ । होटलमा सोल्टी हस्पिटालिटी लिमिटेड, सिबक्रिम ल्यान्ड एन्ड इण्ड्रष्ट्रियल कम्पनी र सोल्टी इन्टरप्राइजेज सञ्चालक छन् । सोल्टी इन्टरप्राइजेज होटल सोल्टीकै बहुमत स्वामित्व भएको कम्पनी हो ।

 

समा पूर्व राजा ज्ञानेन्द्रको परिवारको लगानी छ । सोल्टी हस्पिटालिटी, सिबक्रिम ल्यान्ड एन्ड इण्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत शेयर छ । सोल्टीको नेपालगञ्जको होटल क्राउन प्लाजा चेनको रुपमा भने रहने छैन । होटल  सोल्टी ब्राण्डमा मात्रै सञ्चालन हुनेछ । युवराज हिमालय शम्सेर उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले सन् २०२२ सालमा सोल्टी होटल स्थापना गरेका थिए । सोल्टीको अहिले बजार पुँजीकरण २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । 

 

८१ बेडरुमको चार तारे होटल दुई विघा क्षेत्रफलमा निर्माण गरिएको छ।होटलमा २० वटा स्वीट रुम छन् । ५८ वटा डिलक्स बेडरुम छन् । होटलमा ३० सीट क्षमताको बार छ। विवाह,ब्रतबन्ध लगायतका भोजका लागि ८ सय जना अट्ने ब्यांकेट हल समेत होटलभित्रै रहेको उनले बताए । तीन सय जना अट्ने कन्फ्रेन्स हल छ।स्वदेशी तथा विदेशी संघसंस्थाको कार्यक्रमको लागि उपयुक्त हलको व्यवस्था गरिएको शाहले बताए ।

‘नेपालगञ्ज कैलाश मानसरोवर जाने पर्यटकको लागि प्रवेशद्धार नै हो । त्यसैले हामीले कैलास मानसरोवर जाने विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालगञ्जमा होटल सञ्चालनमा ल्याएका छौ ।‘ शाहले भने,  ‘डिसेम्बर २० देखिनै बुकिङ खुला गरिएको छ । जनवरी १ मा बलिउडका चर्चित कलारको उपस्थितिमा भव्य कार्यक्रम गरि होटल आंशिक सञ्चालनमा ल्याउनेछौ । ‘८१ बेडरुमको होटलमा प्रत्यक्ष रुपमा ६० जना भन्दा बढीले रोजगारी पाएका छन् र अप्रत्यक्ष रुपमा हजारौले रोजागारी पाउने शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।