३१ साउन / अर्थ र व्यापार – सोल्टी होटलले गत आर्थिक वर्षमा १८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । होटलको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सोल्टीले ८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा होटलले एक अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पर्यटकीय आगमनमा सुधार भएसँगै होटलको व्यापार बढेको हो । अघिल्लो वर्ष भूकम्पका कारण होटलको व्यापार प्रभावित भएको थियो ।
होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८० करोड ९० लाख रुपैयाँ रहेको छ । सोल्टीको प्रति सेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको छ । जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो । प्रति सेयर नेटवर्थ २३ रुपैयाँ ९७ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया