logo

बिर्तामोडमा खुल्यो 'सिद्धार्थ ग्राण्ड सिटी होटल, पर्यटन मन्त्री भट्टराईद्धारा उद्घाटन  

    3628   पटक पढिएको

 १४ मंसिर/अर्थ र व्यापार– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ ।

होटलको शनिबार पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भटटराईले उद्घाटन गरे । सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायिक साझेदारी गरी सेवा विस्तार गरेको हो। होटल उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा विस्तार गर्दै पूर्वी नेपाल आएकोमा खुशी व्यक्त गरे ।

बिर्तामोडको मुख्य बजारमा संचालनमा आएको तीनतारे स्तरीय होटल ग्रान्डसिटीमा ५१ वटा कोठा छन् । स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टपसहित ५ वटा रेष्टुरेन्ट रहेका छन् ।

कम्पनीले बिर्तामोडमा तीनतारे स्तरीय होटल संचालनपछि पूर्वी नेपालमा पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतको पश्चिम बंगालका पर्यटकलाई समेत आकर्षित गरिने होटलले जनाएको छ ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ । 

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।