logo

शिव शक्ति घ्यु उद्योगलाई उत्पादन र बिक्रीमा रोक

    2875   पटक पढिएको

२८ भदौ / अर्थ र व्यापार – फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ । गए राती विभागका शाखा अधिकृत मोहन पुडासैनीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारेको हो ।

फेमिलीको तेलमा अखाद्य वस्तू फेला परेपछि अनुगमनको क्रममा फेमिलीको तेल उत्पादन तथा बजारमा गरिने बिक्री बितरणमा रोक लगाइएको हो । अनुगमन टोलीले उत्पादनको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि गत चैतमा उत्पादन भएको केही तेलका प्याकेट ४ महिना भित्रै अखाद्य वस्तुमा परिणत भइसकेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा अपरान्ह ५ बजे उद्योग परिसर प्रवेश गरेको आपूर्ति विभागको टोलीले राती साढे ८ बजे उद्योगबाट बाहिरिएको थियो । गत साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो ।

अनुगमन टोलीले तत्काल उद्योगको उत्पादन तथा बजारमा पठाउन रोक लगाउन निर्देशन दिएको छ । शिव शक्तिको अर्को प्लान्ट घ्यु उद्योगमा पनि मिसावटको सम्बन्धमा अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेपछि अनुगमन टोली खाली हात फर्कियो ।

प्रहरीले साथ नदिँदा अनुगमन टोली फेमिली र साजन तेलको अनुगमन गरी मात्र फर्केको थियो । निर्देशनको लिखित पत्र समेत बुझ्न नचाहेपछि मौखिक निर्देशन दिई अनुगमन टोली हेटौडातर्फ प्रस्थान गरेको थियो । करिब आधा दर्जन विभिन्न कम्पनीको तेल परीक्षण गरिएकोमा फेमिलीमा अखाद्य वस्तु पाइएकोले आवश्यक कारवाहीको पहल शुरु भएको अनुगमन टोलीको दावी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।