logo

शिव शक्ति घ्यु उद्योगलाई उत्पादन र बिक्रीमा रोक

    3162   पटक पढिएको

२८ भदौ / अर्थ र व्यापार – फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ । गए राती विभागका शाखा अधिकृत मोहन पुडासैनीको टोलीले जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारेको हो ।

फेमिलीको तेलमा अखाद्य वस्तू फेला परेपछि अनुगमनको क्रममा फेमिलीको तेल उत्पादन तथा बजारमा गरिने बिक्री बितरणमा रोक लगाइएको हो । अनुगमन टोलीले उत्पादनको ६ महिनासम्म उपभोग गर्न सकिने तेलको प्याकेटमा लेखिए पनि गत चैतमा उत्पादन भएको केही तेलका प्याकेट ४ महिना भित्रै अखाद्य वस्तुमा परिणत भइसकेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा अपरान्ह ५ बजे उद्योग परिसर प्रवेश गरेको आपूर्ति विभागको टोलीले राती साढे ८ बजे उद्योगबाट बाहिरिएको थियो । गत साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो ।

अनुगमन टोलीले तत्काल उद्योगको उत्पादन तथा बजारमा पठाउन रोक लगाउन निर्देशन दिएको छ । शिव शक्तिको अर्को प्लान्ट घ्यु उद्योगमा पनि मिसावटको सम्बन्धमा अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेपछि अनुगमन टोली खाली हात फर्कियो ।

प्रहरीले साथ नदिँदा अनुगमन टोली फेमिली र साजन तेलको अनुगमन गरी मात्र फर्केको थियो । निर्देशनको लिखित पत्र समेत बुझ्न नचाहेपछि मौखिक निर्देशन दिई अनुगमन टोली हेटौडातर्फ प्रस्थान गरेको थियो । करिब आधा दर्जन विभिन्न कम्पनीको तेल परीक्षण गरिएकोमा फेमिलीमा अखाद्य वस्तु पाइएकोले आवश्यक कारवाहीको पहल शुरु भएको अनुगमन टोलीको दावी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।