९ माघ/ अर्थ र व्यापार - रुस्लानले नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
एक वर्षको लागि एम्बेसडरमा नियुक्त भएका तीनै जनाले क्रिकेटको विकासमा केन्द्रित रहेर विकास र प्रचारमा सहभागी हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जावालाखेल ग्रूप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाहले उत्कृष्ट क्रिकेटरलाई जोड्न पाएकोमा खुशी व्यक्त गरे ।
समूहका कार्यकारी निर्देशक शशिन जोशीले फूटबल र क्रिकेटसँग रुस्लानको लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा समेत खेलको विकासमा रुस्लानले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
तपाईको प्रतिक्रिया