logo

धान धितो राखी किसानलाई ऋण दिने समझदारी पत्रमा हस्ताक्षर

    3206   पटक पढिएको

२० मंसिर/ अर्थ र व्यापार  - बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुआत गरेको हो । पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारीमार्फत किसानलाई ऋण प्रदान गर्ने योजनाअनुसार बिहीबार बुटवल-१४ सेमलारमा रहेको सिम्रिक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले हस्ताक्षर गरे । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्य बिना नै बिक्री गर्दै आएका थिए ।

बुटवल उपमनगरपालिका प्रमुख शिवराज सुवेदीलेले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए । पहिलो चरणमा किसानको धान मात्रै सहकारीमार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपजसमेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाइ रहेको छ । बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरेबापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने बताएका  छन् । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसानले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने सम्झौता गरिएको छ । सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा बीउ प्रशोधन केन्द्र, भण्डारण केन्द्रसमेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ ।
१० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टनको ओपनज सेड निर्माण गरेको छ भने १५ सय मेट्रिक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।