logo

रेन्बो ट्राउट माछापालन व्यवसायलाई लक्षित गर्दै निम्बस समूहद्वारा माछाको आहार उत्पादन शुरु

    2515   पटक पढिएको

२० माघ/ अर्थ र व्यापार - पशुपंक्षीको आहारा उत्पादन गर्दै आएको निम्बस समूहले रेन्बो ट्राउट माछापालन व्यवसायलाई लक्षित गर्दै माछाको आहार उत्पादन शुरु गरेको छ । रेन्बो ट्राउट, कार्भ र पंगास जातको माछाको लागि पानीमा तैरिने दाना (फ्लटिङ फिस फिड) उत्पादन शुरु गरेको हो । अन्य जातको व्यवसायिक माछापालनको लागिसमेत उपयोगी यो दानामा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

यसअघि नेपालमा श्रीनगर एग्रो समूहको हिमालयन एक्वा एग्रिटेक प्रालिसहित दुई वटा उद्योगले मात्र ’फ्लटिङ फिस फिड’  को उत्पादन गर्दै आएका थिए । पाँच करोड रुपैयाँको लगानीमा दाना उत्पादन शुरु गरिएको समूहका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । उनले फागुनदेखि माछापालनको सिजन शुरु भएसँगै माछाको दाना बजारमा लैजाने तयारी रहेको जानकारी दिए ।  तैरिने दानाको प्रयोगबाट पानीमा दाना भिजेर पोषकतत्व नष्ट नहुने वा पानीमा डुबेर माटोमा मिसिएर खेर नजाने भएकोले माछापालनमा किफायति मानिन्छ । गुणस्तरस्तरको आधारमा यस्तो दाना पोखरीमा छरेको २ देखि १२ घण्टासम्म पानीमा तैरिरहन सक्छ । पानीमा भिजेर डुब्ने दानाको तुलनामा तैरिने दाना १० देखि २५ प्रतिशतसम्म किफायति मानिन्छ ।
माछापालक व्यवसायीहरु ’फ्लटिङ फिस फिड’ को लागि भारतीय बजारमा निर्भर हुँदै आएकोमा स्वदेशी बजारमै पर्याप्त विकल्प उपलब्ध हुँदा आयात प्रतिस्थापनमा थप योगदान पुर्याउने छ । व्यवसायीका अनुसार स्वदेशी बजारमा वार्षिक २० करोड रुपैयाँ मूल्य बराबरको माछाको दाना विदेशबाट आयात हुँदै आएको छ ।

नेपालमा वार्षिक ८० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । माछा विज्ञका अनुसार यो परिमाणमा माछा उत्पादन गर्न  वार्षिक १ लाख २० हजार मेट्रिक टन दाना आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।