logo

रेन्बो ट्राउट माछापालन व्यवसायलाई लक्षित गर्दै निम्बस समूहद्वारा माछाको आहार उत्पादन शुरु

    2188   पटक पढिएको

२० माघ/ अर्थ र व्यापार - पशुपंक्षीको आहारा उत्पादन गर्दै आएको निम्बस समूहले रेन्बो ट्राउट माछापालन व्यवसायलाई लक्षित गर्दै माछाको आहार उत्पादन शुरु गरेको छ । रेन्बो ट्राउट, कार्भ र पंगास जातको माछाको लागि पानीमा तैरिने दाना (फ्लटिङ फिस फिड) उत्पादन शुरु गरेको हो । अन्य जातको व्यवसायिक माछापालनको लागिसमेत उपयोगी यो दानामा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

यसअघि नेपालमा श्रीनगर एग्रो समूहको हिमालयन एक्वा एग्रिटेक प्रालिसहित दुई वटा उद्योगले मात्र ’फ्लटिङ फिस फिड’  को उत्पादन गर्दै आएका थिए । पाँच करोड रुपैयाँको लगानीमा दाना उत्पादन शुरु गरिएको समूहका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । उनले फागुनदेखि माछापालनको सिजन शुरु भएसँगै माछाको दाना बजारमा लैजाने तयारी रहेको जानकारी दिए ।  तैरिने दानाको प्रयोगबाट पानीमा दाना भिजेर पोषकतत्व नष्ट नहुने वा पानीमा डुबेर माटोमा मिसिएर खेर नजाने भएकोले माछापालनमा किफायति मानिन्छ । गुणस्तरस्तरको आधारमा यस्तो दाना पोखरीमा छरेको २ देखि १२ घण्टासम्म पानीमा तैरिरहन सक्छ । पानीमा भिजेर डुब्ने दानाको तुलनामा तैरिने दाना १० देखि २५ प्रतिशतसम्म किफायति मानिन्छ ।
माछापालक व्यवसायीहरु ’फ्लटिङ फिस फिड’ को लागि भारतीय बजारमा निर्भर हुँदै आएकोमा स्वदेशी बजारमै पर्याप्त विकल्प उपलब्ध हुँदा आयात प्रतिस्थापनमा थप योगदान पुर्याउने छ । व्यवसायीका अनुसार स्वदेशी बजारमा वार्षिक २० करोड रुपैयाँ मूल्य बराबरको माछाको दाना विदेशबाट आयात हुँदै आएको छ ।

नेपालमा वार्षिक ८० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । माछा विज्ञका अनुसार यो परिमाणमा माछा उत्पादन गर्न  वार्षिक १ लाख २० हजार मेट्रिक टन दाना आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।