logo

चिलिमेको साधारणसभामा कुलमानलाई प्रश्न : प्रतिशेयर आम्दानी घट्दा तपाईँको भावी योजना के छ?

    1939   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार - चिलिमे जलविद्युत कम्पनीले अवको केही वर्षमै विगतको लाभांस दरलाई निरन्तरता दिन सक्ने जनाएको छ। बुधबार २३औं वार्षिक साधारणसभालाई संवोधन गर्दै अध्यक्ष तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतका वर्ष लाभांस दरलाई फर्काउन सक्ने अवस्थामा रहेको बताए।

कम्पनीले लगानी गरेका सहायक कम्पनीले अवको दुई वर्ष पछि लाभांस दिन थाल्ने घिसिङले बताए। अहिले लगानी भएका चार वटा आयोजनाले १० प्रतिशतका दरले लाभांस दिदा पनि कम्पनीको आम्दानीमा वार्षिक ६० करोड रुपैयाँ वृद्धि हुने उनले प्रस्टाए।

कम्पनीको लगातार घटिरहेको प्रतिशेयर आम्दानीलाई लिएर लगानीकर्ताले साधारणसभामा प्रश्न गरेका थिए। यही अवस्थामा कम्पनीको भावी योजना के छ भन्दै प्रश्न गर्ने लगानीकर्ताहरुलाई जवाफ दिने क्रममा घिसिङले भने ‘केहि वर्ष धैर्य गर्नुहोस्। आर्थिक वर्ष २०६६र६७ मा प्रदान गरेको लाभांसलाई निरन्तरता दिने अवस्थामा पुग्दैछौ।’

कम्पनीले आर्थिक वर्ष २०६७र६८ मा अहिलेसम्मकै अधिकतम लाभांस ४० प्रतिशत बोनस र ३० प्रतिशत नगद प्रदान गरेको थियो। कम्पनीको प्रतिशेयर आम्दानीमा भारी गिरावट आए पनि सञ्चित मुनाफाबाट यस वर्ष २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस पारित गरेको छ।

शेयरधनीले चालु आर्थिक वर्षको नाफाबाट पनि यो लाभांसलाई नघटाउन आग्रह गरेका थिए। घिसिङले सकेसम्म सञ्चित मुनाफाबाट भए पनि लाभांस दरलाई कायम राख्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

चिलिमेले सान्जेन जलविद्युत कम्पनीमा एक अर्ब ४३ करोड रुपैयाँ, मध्य भोटेकोशीमा दुई अर्ब २२ करोड रुपैयाँ, रसुवागढी हाइड्रोपावर दुई अर्ब २४ करोड रुपैयाँ र चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनीमा तीन करोड रुपैयाँ लगानी गरेको छ। चार वटा कम्पनीमा गरेर ५ अर्ब ९३ करोड रुपैयाँ शेयर लगानी गरेको हो।

जसमध्ये रसुवागढी र सान्जेनको माथिल्लो आयोजनाको काम अन्तिम चरणमा पुगेकोले साउनबाटै दुई वटा आयोजनाले आम्दानी गर्न सुरु गर्ने छ। साधारणसभाले दुई जना स्वतन्त्र सञ्चालक र चार जना सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई निर्वा्चित गरेको छ। सभाले सुमन प्रसाद शर्मा र जगत कुमार श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको रुपमा निर्वा्चित गरको हो।

सर्वसाधारण समुहबाट भने तुलसीराम ढकाल, भीमप्रसाद तिमल्सिना, रामप्रसाद रिमाल र शान्ति लक्ष्मी शाक्यलाई निर्वा्चित भएका छन्। सञ्चालक समितिमा शान्ति लक्ष्मी शाक्य बाहेक तीन जना दोहोरिएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।