logo

युनिलिभर नेपालमदसको नाफा घट्यो तर लाभांश बढ्यो

    1811   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – सेयरबजारमा सूचिकृत कप्पनीमध्ये सबैभन्दा महङ्गो सेयरमूल्य भएको युनिलिभर नेपालमदसको अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफामा कमी आएको छ । तर खुद नाफा घटेपनि कम्पनीले अघिल्लो बर्षको भन्दा धेरै लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षमा ९६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा साढे १५ करोड कम हो । अघिल्लो बर्ष बैंकले एक अर्ब १२ करोड नाफा कमाएको थियो । कम्पनीले लेखा परीक्षण भइसकेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

कम्पनीको विज्ञापन तथा प्रवद्र्धन, प्रशासनिक खर्च, उत्पादन खर्च बढेकाले खुद नाफामा असर परेको देखिएको छ । कम्पनीले केही महिना अघि राष्ट्रिय पत्रिकाहरुमा ज्याकेट विज्ञापन गरेर नाङ्गो साबुन बिरुद्ध विवादास्पद प्रचार युद्ध छेडेको थियो । त्यसैमा कम्पनीको धेरै खर्च बढेको देखिएको छ ।

अघिल्लो बर्ष २७ करोड विज्ञापनमा खर्च गरेको कम्पनीले गतवर्ष विज्ञापनमा ४१ करोड रुपैयाँ खर्च गरेको छ । गएको वर्ष मात्र कम्पनीले विज्ञापनमा मात्र १४ करोड बढी खर्च गरेको छ ।

युनिलिभरले वर्षभरीमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद उत्पादन बिक्री गरेको छ भने दुई अर्ब २० करोड रुपैयाँ सामान उत्पादनमा खर्च गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँको उत्पादन बिक्री गरेको थियो । सामान उत्पादन बाहेक अन्य आम्दानीसमेत गर्दा कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब पुगेको छ । 

कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ, प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ । अघिल्लो वर्ष युनिलिभरको प्रतिसेयर आम्दानी ४ सय ८२ रुपैयाँ थियो । भारतीय संयुक्त लगानीमा स्थापित कम्पनीले साबुन, सेम्पु, दन्तमन्जन, सौन्दर्य प्रशाधन लगायतका बस्तुहरु उत्पादन गर्ने गर्छ ।

युनिलिभरले गतबर्षको कमाईबाट ११ सय प्रतिशत अर्थात प्रतिकित्ता सेयर एक हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले आफ्नो २५ औ बार्षिकउत्सवको अवसरमा प्रतिकित्ता थप एक सय ७० रुपैयाँ विशेष लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले एक हजार २० प्रतिशत अर्थात प्रतिकित्ता सेयर बराबर एक हजार २० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ३० हजार एक सय रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।