logo

युनिलिभर नेपालमदसको नाफा घट्यो तर लाभांश बढ्यो

    1552   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – सेयरबजारमा सूचिकृत कप्पनीमध्ये सबैभन्दा महङ्गो सेयरमूल्य भएको युनिलिभर नेपालमदसको अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफामा कमी आएको छ । तर खुद नाफा घटेपनि कम्पनीले अघिल्लो बर्षको भन्दा धेरै लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षमा ९६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा साढे १५ करोड कम हो । अघिल्लो बर्ष बैंकले एक अर्ब १२ करोड नाफा कमाएको थियो । कम्पनीले लेखा परीक्षण भइसकेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

कम्पनीको विज्ञापन तथा प्रवद्र्धन, प्रशासनिक खर्च, उत्पादन खर्च बढेकाले खुद नाफामा असर परेको देखिएको छ । कम्पनीले केही महिना अघि राष्ट्रिय पत्रिकाहरुमा ज्याकेट विज्ञापन गरेर नाङ्गो साबुन बिरुद्ध विवादास्पद प्रचार युद्ध छेडेको थियो । त्यसैमा कम्पनीको धेरै खर्च बढेको देखिएको छ ।

अघिल्लो बर्ष २७ करोड विज्ञापनमा खर्च गरेको कम्पनीले गतवर्ष विज्ञापनमा ४१ करोड रुपैयाँ खर्च गरेको छ । गएको वर्ष मात्र कम्पनीले विज्ञापनमा मात्र १४ करोड बढी खर्च गरेको छ ।

युनिलिभरले वर्षभरीमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद उत्पादन बिक्री गरेको छ भने दुई अर्ब २० करोड रुपैयाँ सामान उत्पादनमा खर्च गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँको उत्पादन बिक्री गरेको थियो । सामान उत्पादन बाहेक अन्य आम्दानीसमेत गर्दा कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब पुगेको छ । 

कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ, प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ । अघिल्लो वर्ष युनिलिभरको प्रतिसेयर आम्दानी ४ सय ८२ रुपैयाँ थियो । भारतीय संयुक्त लगानीमा स्थापित कम्पनीले साबुन, सेम्पु, दन्तमन्जन, सौन्दर्य प्रशाधन लगायतका बस्तुहरु उत्पादन गर्ने गर्छ ।

युनिलिभरले गतबर्षको कमाईबाट ११ सय प्रतिशत अर्थात प्रतिकित्ता सेयर एक हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले आफ्नो २५ औ बार्षिकउत्सवको अवसरमा प्रतिकित्ता थप एक सय ७० रुपैयाँ विशेष लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले एक हजार २० प्रतिशत अर्थात प्रतिकित्ता सेयर बराबर एक हजार २० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य ३० हजार एक सय रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।