६ असार / अर्थ र व्यापार - १५ दिनका लागि यातायात व्यवस्था विभागले काठमाडौंमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । स्थानीय तहको चुनावका लागि विमागका कर्मचारी जिल्लामा खटिएपछि २१ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो । काठमाडौंमा लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको छ । अब २१ गतेपछि विभागले पूर्ण रुपमा अनलाइन सेवा प्रारम्भ गर्ने तयारी गरेको छ । अब अनिवार्य रुपमा अनलाइनबाटै नयाा लाइसेन्सको आवेदन बुझाउनुपर्ने व्यवस्था गरिनेछ ।
विभागले काठमाडौंमा आवेदन लिन अनलाइन सिस्टम सुरु गरेपनि पटक–पटक समस्या आउने गरेको छ । सर्भरले समय–समयमा काम नगरेपछि डाटा इन्ट्री नहुने समस्या छ । अब त्यो समस्या हट्ने र पूर्ण रुपमा अनलाइनबाट मात्रै आवेदन बुझाउने ब्यवस्था गर्न लागिएको छ । यातायात व्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभागले ध्यान नदिँदा र्आटी सम्बन्धी समस्या आउने गरेको छ ।
स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ । तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा छ । अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।
पूर्ण रुपमा अनलाइन सिसटम लागेपछि अब फारम भर्नेहरुको भिड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीलाई पनि होलो हुनेछ । अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्नेछ ।
तपाईको प्रतिक्रिया