२८ भदौ / अर्थ र व्यापार – बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि तीन दिनसम्म सुनको मूल्य लगातार घटेको थियो। आज फाइन गुणस्तरको सुनको मूल्य तोलामा ५७ हजार १ सय रुपैयाँ कायम भएको छ भने स्टान्डर्ड सुनको मूल्य ५६ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८५ कायम भएको छ ।
तपाईको प्रतिक्रिया