१७ साउन / अर्थ र व्यापार – विगत तीन हप्तामा प्रतितोला दुई हजारले सुनको मूल्य बढेको छ । गत असार २७ गते प्रतितोला ५२ हजार ८ सय रुपैयाँ रहेको सुन आज मंगलबार ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५४ हजार ७ सयमा कारोबार भएको फाइन सुन आज १ सय रुपैयाँले महँगिएको हो ।
त्यस्तै , चाँदी पनि तीन हप्तामा प्रतितोला ४० रुपैयाँ महँगिएको छ । असार २७ गते तोलामा ७०५ रहेको चाँदी आज ७४५ मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा भने यो ५ रुपैयाँ बढी हो ।
तपाईको प्रतिक्रिया