२७ भदौ / अर्थ र व्यापार – प्रतितोला करिब ५८ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य तीन दिनयता भने लगातार घटिरहेको छ । शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेकोमा आज ५६ हजार ९ सय रुपैयाँमा झरेको छ ।
आइतबार ५७ हजार ५ सय र सोमबार ५७ हजार २ सय रुपैयाँघमा सुनको कारोबार भएको थियो । सोमबारको तुलनामा आज थप ३ सय रुपैयाँले सुन सस्तो भएको हो ।
त्यस्तै चाँदी पनि तीन दिनदेखि घट्न थालेको छ। शुक्रबार तोलामा ७९५ कायम भएकोमा आज ७८० मा झरेको छ । तीनै दिन प्रतितोला ५ रुपैयाँका दरले चाँदी घटेको छ ।
तपाईको प्रतिक्रिया