२६ भदौ / अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेकोमा आइतबार ५७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर ७९० कायम भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपालमा त्यसको प्रभावस्वरुप हाल सुन उच्च मूल्यमा छ ।
तपाईको प्रतिक्रिया