logo

४९ मेगावाटको मध्य - मेवामा लगानी गर्ने ६ बैंकको तयारी, ७ अर्ब ९५ करोड ऋण दिने  

    1785   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - मेचीको पहाडी जिल्ला ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य(मेवा खोला जलविद्युत आयोजनामा हिमालयन बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाले सात अर्ब रूपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर, कुमारी, क्रेडिट एन्ड कमर्श, एसबीआइ र सानिमा बैंकले आयोजना लागतको ७५ प्रतिशत बराबर पुग्ने ६ अर्ब ९५ करोड ऋण लगानी गर्ने भएका हुन् । आयोजनाको प्रवर्द्धक मेवा डेभलपर्स २५ प्रतिशत स्वपूँजी लगानी गर्ने छ। ९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७ अर्ब ऋणबाट र बाँकी स्वपुँजीबाट लगानी जुटाउने तयारी छ ।

४९ मेगावाटको पीआरओआर (अर्धजलाशययुक्त आयोजना) को प्रति मेगावाट लागत भने आरओआर (नदि प्रवाहमा आधारित आयोजना) सरह करिब २० करोड रूपैयाँमात्रै छ । पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक २९ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाले दैनिक ६ घण्टा सम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने आयोजनाको दाबी छ ।

ताप्लेजुङको लिवाङ, सन्वा, नाल्बु, पापुङ र थुकिमा क्षेत्र आयोजनाबाट प्रभावित हुनेछन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको आयोजनाले गत महिना मात्र निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।