logo

४९ मेगावाटको मध्य - मेवामा लगानी गर्ने ६ बैंकको तयारी, ७ अर्ब ९५ करोड ऋण दिने  

    2080   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - मेचीको पहाडी जिल्ला ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य(मेवा खोला जलविद्युत आयोजनामा हिमालयन बैंकको अगुवाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाले सात अर्ब रूपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर, कुमारी, क्रेडिट एन्ड कमर्श, एसबीआइ र सानिमा बैंकले आयोजना लागतको ७५ प्रतिशत बराबर पुग्ने ६ अर्ब ९५ करोड ऋण लगानी गर्ने भएका हुन् । आयोजनाको प्रवर्द्धक मेवा डेभलपर्स २५ प्रतिशत स्वपूँजी लगानी गर्ने छ। ९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७ अर्ब ऋणबाट र बाँकी स्वपुँजीबाट लगानी जुटाउने तयारी छ ।

४९ मेगावाटको पीआरओआर (अर्धजलाशययुक्त आयोजना) को प्रति मेगावाट लागत भने आरओआर (नदि प्रवाहमा आधारित आयोजना) सरह करिब २० करोड रूपैयाँमात्रै छ । पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक २९ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाले दैनिक ६ घण्टा सम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने आयोजनाको दाबी छ ।

ताप्लेजुङको लिवाङ, सन्वा, नाल्बु, पापुङ र थुकिमा क्षेत्र आयोजनाबाट प्रभावित हुनेछन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको आयोजनाले गत महिना मात्र निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।